बहराइनका प्रधानमन्त्री शेख खलिफाको निधन « Khabarhub

बहराइनका प्रधानमन्त्री शेख खलिफाको निधन


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बहराइनका प्रधानमन्त्री शेख खलिफा बिन सलमान अल खलिफाको निधन भएको छ । उनको बुधवार ८४ वर्षको उमेरमा निधन भएको हो  ।

बहराइनका समाचार संस्थालाई उल्ले गर्दै अलजजिराले तयार पारेको समाचार अनुसार  उनको अमेरिकाको मायो क्लिनिक हस्पिटलमा निधन भएको हो । यसबारेमा अन्य विवरण भने दिइएको छैन ।

लामो समय प्रधानमन्त्री पदमा रहेका शेख खलिफाको निधनपछि बहराइनका राजा हमाद बिन इसा अल खलिफाले युवराज सलमान अल खलिफालाई मुलुकको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् ।

बहराइनका राजाले खलिफा बिन सलमान अल खलिफाको निधनमा शोक जनाउँदै एक हप्तासम्म आधा झण्डा झुकाउने घोषणा गरेका छन् ।

अमेरिकाबाट शव आएपछि सीमित आफन्तका बीच उनको अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ४ : ३६ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले