नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम झण्डै पाँच अर्ब | Khabarhub Khabarhub

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम झण्डै पाँच अर्ब


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साताको अन्तिम दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ ।

लगातार उकालो लागेको नेप्सेमा आज झण्डै ११ अङ्कको वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १०.८२ अङ्कले वृद्धि भई एक हजार ७१८.४९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.२७ विन्दुले उकालो लागेर ३३८.८९ मा पुगेको छ ।

कूल १९८ कम्पनीको एक करोड ३८ लाख ८९ हजार १८९ कित्ता शेयर रु चार अर्ब ८२ करोड ६२ लाख ८६ हजार ५५१ मूल्यमा खरिद बिक्री भयो । नेप्से उकालो लागेर कारोबार रकमसमेत वृद्धि हुँदा त्यसले लगानीकर्तालाई समेत उत्साहित बनाएको छ ।

स्कटका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ १०.२१, व्यापार १६४.७१, निर्जीवन बीमा ३९.१६, अन्य २८.३९ र सामूहिक लगानी कोष ०.०१ विन्दुले उकालो लागेको छ ।

यस्तै, होटल १८.४१, विकास बैंक ४.४७, वित्त ३.६५, उत्पादन ३०.८६, लघुवित्त १.७१ र जीवन बीमा २८.९२ विन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज पनि पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २८ करोड ५५ लाख पाँच हजार ६६९ बराबरको कारोबारभयो । यस्तै साल्ट टे«डिङ कर्पोरेशन रु २६ करोड सात लाख ९१ हजार ६०९, प्रभु बैंक रु २० करोड ८२ लाख ६८ हजार ६१६, हिमालयन डिस्टिलरी रु १८ करोड ७६ लाख ८५ हजार ४९०, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १६ करोड तीन लाख ७८ हजार ५३५, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर रु १५ करोड ९४ लाख ३६ हजार ३३८ र शिवम सिमेन्ट रु १३ करोड ६४ लाख ५४ हजार ३३९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा आज विशाल बजार कम्पनी ९.९९, साल्ट टे«डिङ कर्पोरेशन ९.९९, नाडेप लघुवित्त ८.१६, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयरधनी ७.२५, सबैको लघुवित्त ६.२५, नेपाल दूरसञ्चार कम्पनी ५.१८ र सानिमा जनरल इन्स्योरेन्सका शेयरधनीले ४.०१ प्रतिशतले कमाए ।

यसैगरी, गणपति माइक्रोफाइनान्स ५.२३, पञ्चकन्या माई हाइड्रोपावर ३.९५, एनआईसी एशिया ग्रोथ फण्ड ३.६०, रैराङ हाइड्रोपावर ३.४४, एनआरएन इनफ्रास्ट्रकचर ३.२१ र आईसीएफसी फाइनान्सका लगानीकर्ताले ३.०१ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ५ : २२ बजे

मुलुकमा आत्मसमर्पणवादी मानसिकता हावी भयो : कमल थापा

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीलाई वैकल्पिक शक्तिका

सरकारले पेश गर्न लागेको अध्यादेशविरुद्ध ६७ वटा अस्वीकारको प्रस्ताव दर्ता

काठमाडौं – सरकारले संसदमा पेश गर्न लागेको अध्यादेशमा ६७ वटा

गोरखामा दुई वटा चितुवा मृत फेला

गोरखा – गोरखाको पालुङटार नगरपालिका–१० स्थित माथिल्लो खड्का गाउँमा दुई

लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ : मन्त्री अधिकारी

ललितपुर – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले लेले–चन्दनपुर सडकलाई

नाइजेरियामा आगलागी हुँदा १७ जनाको मृत्यु

अबुजा – नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा मङ्गलबार राति छात्रावासमा भएको