काठमाडौं उपत्यकामा थपिए ९७३ कोरोना संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा थपिए ९७३ कोरोना संक्रमित


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ७३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४५ पुरुष र ४२८ जना महिला संक्रमित थपिएका हुन ।

यो अवधिमा  काठमाडौंमा ७६४, भक्तपुरमा ८३ र ललितपुरमा १२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर भने बिहीबार १९१३ जना संक्रमित थपिएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमतिको कुल संख्या २ लाख ४ हजार २४२ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसंँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार १८९ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ३४९ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६४ हजार ५९२ जना पुगेको छ ।

यस्तै देशभर हालसम्म ३८ हजार ४६१ जना सक्रिया संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ५ : ०४ बजे

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर

गगनको आग्रह : विधानमा चलेका छौँ, कारबाहीको निर्णयले विचलित नबनौँ

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनले पदाधिकारीलाई कारबाही गर्ने पार्टी केन्द्रीय

कांग्रेसका दुवै पक्ष पुगे निर्वाचन आयोगमा

काठमाडौं- फेरि एक पटक फुटको शिकार हुँदै गरेको नेपाली कांग्रेसका

ग्रिनल्यान्ड भू–राजनीतिक बहसको केन्द्रमा

एजेन्सी – ग्रिनल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टापु नियन्त्रण गर्ने

बजारमा बढ्यो तरुल, सखरखण्ड, पिँडालुको बिक्री (तस्बिरहरू)

काठमाडौं– माघे संक्रान्ति पर्वको आगमनसँगै राजधानीको कालीमाटी फलफूल तथा तरकारी