कुन जिल्लामा कति संक्रमित थपिए (विवरणसहित) « Khabarhub

कुन जिल्लामा कति संक्रमित थपिए (विवरणसहित)


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ९ सय १३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को उदयपुरमा ४, ओखलढुंगामा ३, झापामा ४९, ताप्लेजुङमा २, तेह्रथुममा १, धनकुटामा ३, भोजपुरमा १, मोरङमा ५७, सोलुखुम्बुमा १ र सुनसरीमा ३९ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धुनषामा १४, पर्सामा १२, बारामा ४, महोत्तरीमा ५, रौतहटमा ५, सप्तरीमा ६, सर्लाहीमा ८ र सिरहामा १६ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ७ सय ६४ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ५०, चितवनमा ३९, दोलखामा १४, धादिङमा ११, नुवाकोटमा १८, भक्तपुरमा ८३, मकवानपुरमा २६, रसुवामा १, रामेछापमा ३, ललितपुरमा १ सय २६, सिन्धुलीमा ९ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ७१, गोरखामा १२, तनहुँमा ५२, नवलपरासी पूर्वमा ८, पर्वतमा ५, मुस्ताङमा ३, लमजुङमा १२, वागलुङमा १० र स्याङजामा २० जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा ४, गुल्मीमा १९, दाङमा ५१, नलवपरासीमा १३, पाल्पामा १७, प्यूठानमा ६, बर्दियामा २१, बाँकेमा ४४, रोल्पामा २ र रुपन्देहीमा ५६ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको जुम्लामा १, दैलेखमा ४, रुकुम पश्चिममा ५, सल्यानमा ४ र सुर्खेतमा ३ जनामा कोरोना पुष्टि भएको छ।

सुदूरपश्चिमको हुम्लामा १, अछाममा २, कञ्चनपुरमा १४, कैलालीमा ५०, डडेल्धुरामा ८, डोटीमा १, बझाङमा ९, बाजुरामा २ र बैतडीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ५ : ५९ बजे

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को

मधेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता सिंहले लिए शपथ

महेन्द्रनगर– मधेस प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सुनिलरञ्जन सिंहले आज

कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

एजेन्सी– पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा भारी वर्षा पछि

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर