महाभारतको युद्धमा यसरी गरिएको थियो भोजनको व्यवस्था « Khabarhub

महाभारतको युद्धमा यसरी गरिएको थियो भोजनको व्यवस्था


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कुरुक्षेत्रमा भएको महाभारतको युद्धमा लाखौँ सैनिकहरुले भाग लिएका थिए । तर, तिनीहरुलाई खानेकुराको व्यवस्था कसरी हुन्थ्यो भन्ने कुरा सायदैलाई मात्र थाहा होला ।

हजारौँ मानिसहरु दैनिक मरेका थिए । तर, दिन दिनै कसरी खानेकुराको व्यवस्था हुन्थ्यो भन्ने कुराले सबैलाई अचम्मित बनाउँदछ । आज हामी तपाईलाई त्यसबारेका ५ रहस्यको बारेमा जानकारी दिदैछौँ ।

४५ लाख भन्दा धेरै थिए सैनिकः श्रीकृष्णका १ अक्षौहिणी नारायणी सेना मिलाएर कौरवसँग ११ अक्षौहिणी सेना थिए भने पाण्डवसँग ७ अक्षौहिणी सेना थिए । यसैप्रकारले सबै महारथीका सेनाहरु सहित ४५ लाख भन्दा धेरै सेना थिए ।

उडुपीका राजा बनाउँथे खानाः महाभारत युद्धको घोषणा भएपछि सबै राज्यले आ आफ्नो पक्ष चुने ।कोहि कौरव तिर त कोहि पाण्डव तिर । तर केही राजाहरु भने तटस्थ रहँदै उक्त सेनाहरुको लागि खाना बनाउने काम रोजे । त्यसमध्येका एक थिइ उडुपीका राजा । उनले भगवान श्रीकृष्णले भने पछि भोजन बनाउने काम गरेका थिए ।

यसरी तय हुन्थ्यो भोजनको मात्राः उडुपीका राजालाई खाना प्रतिदिन कसरी बनाउने भन्ने चिन्ताले सताइरहेको बेला श्रीकृष्णले उपाय बताएका थिए । जसका कारण खाना कुनै दिन धेरै भएन पनि र थोरै पनि भएन ।

यसरी निस्किएको थियो समाधान: युद्ध सकिएपछि युधिष्ठिरले भने तपाईँ कसरी ठिक्क हुने खाना बनाउनु हुन्थ्यो । त्यसपछि उडुपका राजाले त्यसको श्रेय भगवान श्रीकृष्णलाई दिए । उनले भने- भगवान श्रीकृष्णले हरेक बिहान बदाम खानुहुन्थ्यो । त्यो दृश्य म सधैँ हेर्ने गर्दथेँ । यदि भगवानले १० वटा बदाम खानुभयो भने म बुझ्थेँ कि आज १० हजार सैनिक मारिँदै छन् । त्यसरी नै म अर्को नि १० हजार सैनिकलाई कम हुने खाना बनाउँथे ।

कर्नाटकको मठः भनिन्छ, कर्नाटकको उडुपी जिल्लामा स्थित श्रीकृष्ण मठमा यो कथा हरेक दिन सुनाइन्थ्यो । यस मठको स्थापना स्वयं उडुपीका नरेशले गरेका थिए ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ५ : ३० बजे

टुँडिखेलमा दुबो रोप्ने काम तीव्र (तस्बिरहरू)

काठमाडौं- राजधानीको ऐतिहासिक तथा प्रमुख खुला सार्वजनिक क्षेत्र टुँडिखेलमा हरियाली

अझै निको भएनन् नेयमार, नकआउट चरणसम्म ब्राजिलको टोलीमा फर्किने सम्भावना कमजोर

न्यूयोर्क- ब्राजिलका स्टार फरवार्ड नेयमारले जारी विश्वकपको नकआउट चरणका खेल

होर्मुजमा सेना पठाउने विषयमा जापान अझै अन्योलमा

एजेन्सी– अमेरिका–इरान शान्ति सम्झौता पछि स्ट्रेट अफ होर्मुज मार्फत ढुवानी

मेस्सी, मार्टिनेज र अल्भारेज चोटमुक्त भएपछि अर्जेन्टिना ढुक्क

कान्सास सिटी– डिफेन्डिङ विश्व विजेता अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले मंगलबार

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौं– चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी