सुनका गहना नलगाउन आग्रह | Khabarhub Khabarhub

सुनका गहना नलगाउन आग्रह


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- सुनको गहना लगाएकै कारण  स्कुले बालिकाको हत्या भएपछि रसुवा प्रहरीले बालबालिकालाई सुनका गरगहना नलगाइदिन अभिभावकलाई आग्रह गरेको छ ।

कालिका गाउँपालिका–१ राम्चे खार्सा क्षेत्रको फैक्रिगाङकी ६ वर्षकी बालिका सुमिना तामाङ विद्यालयबाट घरतर्फ फर्कने क्रममा कानमा लगाएको रु १० हजार बराबरको सुनको मुन्द्राकै कारण ज्यान गुमाउनु परेको प्रहरीको ठम्याइ छ ।

यही मङ्सिर २१ गते उनको मुद्राको लालचमा हत्या भएपछि यस्ता घटना रोक्न रसुवा प्रहरीले गहना पहिरन गर्ने वा गराउने कार्य न्यूनीकरण गर्ने अभियान शुरू गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक  इन्द्रप्रसाद सुवेदीका अनुसार यस्ता अपराधिक घटना रोक्न  बालबालिकालाई सुनका कुनै पनि गहना पहिरन नलगाउने, अपरिचित व्यक्तिले दिएका चाउचाउ, बिस्कुट, चकलेटजस्ता खानेकुरा नखान उनीहरूलाई सचेत  गराउने अभियान थालिएको छ ।

पठनपाठनका लागि अभिभावक आफैँले विद्यालय लाने ल्याउने  गर्न पनि आग्रह गरिएको उनले बताए ।

कोभिड–१९ को समस्या समाधान भएपछि सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालयस्तरीय सचेतना कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी भएको प्रनाउ सुवेदीले जानकारी दिए ।

ठूला मान्छेले पनि सकभर गरगहना नलगाउने र लगाउनै पर्ने कुनै उत्सव पर्वजस्ता अवस्था आए हात तथा गला र कानमा लगाइएका  सुन सुरक्षित तवरले नजिकको परिचित आफन्तको साथमा मात्र हिँडडुल गर्र्न प्रहरीले आग्रह गरेको छ ।

ग्राङ प्राथमिक विद्यालयको कक्षा १ मा अध्ययन गरिरहेकी ती  बालिका विद्यालय छुटेर घरतर्फ जाँदै गर्दा अपरिचित व्यक्तिबाट अपहरणमा परेकी थिइन ।

नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–५ घर भएकी १९ वर्षे सपना तामाङले ती बालिकालाई चाउचाउ दिएर फकाइ अपहरण नागर्दुङ ओढारमा लगि बालिकाको हत्या गरी कानमा लगाएको सुन लिई भागेको प्रारम्भिक बयानबाट खुल्न आएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सरोज गिरीले जानकारी दिए ।

तामाङलाई स्थानीय बासिन्दाको सहयोगमा कालिकास्थान प्रहरीले धैबुङ घुम्ती बजारबाट २२ गते नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा रहेकी आरोपितबारे थप अनुसन्धान भइरहेको छ ।

एक होटलबाट नियन्त्रणमा लिएको भोलिपल्ट बालिकाको शव प्रहरी र स्थानीय बासिन्दाको टोलीले ओढारमा फेला पारेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ९ : ३० बजे

बनभोज खाएर फर्केको स्कुल बस दुर्घटना : तीन जनाको मृत्यु, ४० घाइते

काठमाडौं– काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा आज साँझ स्कुल

अदालतमा ढल, सिंहदरबारमा बेहाल !

काठमाडौं – बबरमहलस्थित विशेष अदालतमा बुधबार न्यायाधीशहरुलाई मुद्दाको छिनोफानो गर्न

सामाजिक सञ्जाल विधेयकको विरोधमा कांग्रेसकै विद्यार्थी संगठन सडकमा (तस्बिरहरू)

काठमाडौं– सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयकको विरोधमा सत्तारुढ नेपाली कांग्रेस

अर्थसंक्षेप : अघि बढ्ने भयो ६७० मेगावाटको दूधकोशी, झिनो अंकले बढ्यो नेप्से

काठमाडौं– सरकारले ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका

२०४६ यता एक लाख १९ हजार व्यक्ति र संस्था कालोसूचीमा

काठमाडौं – बैंक तथा वित्तीय संस्थाको कर्जा नतिर्दा र चेक