गौतम बुद्ध कप क्रिकेट : टस हारेको बागमती ब्याटिङ गर्दै « Khabarhub

गौतम बुद्ध कप क्रिकेट : टस हारेको बागमती ब्याटिङ गर्दै


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गौतम बुद्ध कप क्रिकेट प्रतियोगितामा नारायणीले टस जितेर बाग्मती क्रिकेट टीमलाई ब्याटिङको निम्तो दिएको छ ।

भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नमूना मैदानमा भइरहेको खेलमा नारायणीका कप्तान सुवास खकुरेलले टस जितेर बलिङ रोजेका हुन् ।

टस हारेको बाग्मतीले उक्त मैदानमा पहिलो ब्याटिङ गर्ने भएको छ । नमूना मैदान खेल्न योग्य बनिसकेको सन्देश दिन भरतपुरमा त्रिकोणात्मक क्रिकेट शृङ्खला आयोजना गरिएको हो ।

खेलाडीहरु लामो समयदेखि मैदान फर्किन पाएका थिएनन् । तर, कोरोना भाइरसको संक्रमण पछि यो नै नेपाली क्रिकेटरले खेलेको पहिलो प्रतियोगिता हो ।

लामो समयपछि मैदान फर्किन पाउँदा उत्साहित रहेको प्रतिक्रिया बाग्मती र नारायणी क्रिकेट टिमका कप्तानहरुले दिएका छन् ।

यसअघि नारायणीको कप्तानमा राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्का थिए । तर, शुक्रबार उनलाई कोरोना संक्रमण पुष्टि भएपछि सुवास खकुरेलले टोलीको कप्तानी गरिरहेका छन् । यता बाग्मतीको कप्तान भने ज्ञानेन्द्र मल्ल रहेका छन् ।

‘अहिलेको अवस्थामा क्रिकेट खेल्न पाउनु राम्रो कुरा हो । कप्तानी पाउनु नयाँ चुनौति हो । यसलाई अवसरका रुपमा पनि हेरेको छु,’ नारायणीका कप्तान खकुरेलले भने ।

यता, बाग्मतीका कप्तान मल्लले भने, ‘टस जितेको भए बलिङ गर्थे । तरपनि विकेट राम्रै छ जस्तो लाग्छ । लामो समयपछि खेल्न पाउँदा उत्साहित छु । राम्रो कामका लागि चितवन आएका छौं ।’

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि तयार पारिएको नमूना मैदानमा पनि राम्रो मेहनत गरेको भन्दै उनले भने, ‘मैदान राम्रो छ । यत्तीको व्यवस्थापन गर्नु पनि टफ हो ।’

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  १२ : १० बजे

तस्बिरमा हेर्नुहोस्, हेटौँडाको राष्ट्रियसभा निर्वाचन 

काठमाडौं– बागमती प्रदेशको हेटौडामा सुरु भयो राष्ट्रिय सभा सदस्य निर्वाचित

गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत वृद्धि

गोरखा– जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको

नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक– सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन

मैदान फेरियो तर लक्ष्य उही छ : ज्ञानेन्द्र मल्ल

काठमाडौं – पूर्व क्रिकेटर एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक