प्रदेश १ मा हालसम्म २ लाख बढीको पीसीआर परीक्षण « Khabarhub

प्रदेश १ मा हालसम्म २ लाख बढीको पीसीआर परीक्षण


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश नं १ मा हालसम्म २ लाख बढीको पीसीआर परीक्षण गरिएकोमा २८ हजार ८१२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार शनिबारसम्म १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरी जम्मा २ लाख १७८ जनाको पीसीआर परीक्षण गरिएको  हो ।

सामाजिक विकास मन्त्रालय कोभिड–१९ निगरानी, तथ्याङ्क सङ्कलन तथा अनुगमन समितिका संयोजक डा रविन्द्र निरौलाले दिएको जानकारी अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सबैभन्दा बढी ६३ हजार ९२६ जनाको  पीसीआर परीक्षण गरिएको छ ।

त्यसैगरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा ४८ हजार ७४४, कोशी अस्पताल विराटनगरमा ४१ हजार ९००, नोबेल शिक्षण अस्पतालमा १८ हजार ७३०, मेची अस्पतालमा १० हजार ९५८, कनकाई पीसीआर प्रयोगशालामा ६ हजार ९८३, बिराट शिक्षण अस्पताल बुढीगङ्गा मोरङमा ४ हजार १४६, न्यूरो अस्पतालमा २हजार ८३२ र अन्य प्रयोगशालामा १ हजार ९५९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रदेशमा १ मा पछिल्लो २४ घण्टाको अवधिमा ५८ जना सङ्क्रमित थपिएका छन् । हालसम्म निको हुनेको सङ्ख्या २३ हजार ५८२ पुगेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ७ : २५ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते