आउँदो नयाँ वर्ष रुबीभ्यालीमा मोटर पुग्छ : मन्त्री फुयाँल « Khabarhub

आउँदो नयाँ वर्ष रुबीभ्यालीमा मोटर पुग्छ : मन्त्री फुयाँल


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले आगामी वर्षको पहिलो दिन नै रुबीभ्यालीमा मोटर बाटो पुर्‍याइने बताएका छन् ।

मन्त्री फुयाँलले नयाँ वर्षमा रुबीभ्यालीमा मोटर पु¥याउने प्रतिबद्धता गरिएको र सो पूरा गर्न तीव्रगतिमा काम गरिने उनको भनाइ थियो । रुबीभ्यालीलाई सडक सञ्जालले जोड्न सके पर्यटनको प्रचुर सम्भावना रहने बताए ।

मानव विकासको सूचकाङ्कमा प्रदेशको ११९औँ स्थानमा (सबैभन्दा पुछारमा) स्थानीय तहको रूपमा रहेको रुबीभ्यालीमा पिउनेपानीका लागि ‘एक घर एक धारो कार्यक्रम’ तथा सिँचाइका लागि कूलोको समेत व्यवस्था गरिने दाबी गरे ।

‘रुबीभ्याली प्रदेशमा भएका ११९ स्थानीय तहमध्ये मानव विकासको सूचकाङ्कमा सबैभन्दा पछाडि छ । विकट यस गाउँपालिकालाई नयाँ वर्ष २०७८ वैशाख १ गतेसम्म सडक यातायातले जोड्ने प्रयासस्वरुप हामीले काम गरिरहेका छौँ,’ मन्त्री फुँयालले भने ।

यस कार्यका लागि धादिङबाट प्रदेशसभा सदस्यमा निर्वाचित जगत सिंखडा तथा डा रामकुमार अधिकारीलगायतसँग छलफल गरिएको उनले जानकारी दिए ।

‘प्रदेश सरकारको बहुवर्षीय ठेक्कामा बोराङ हुँदै सेतुङ तथा सेतुङ हुँदै तिप्लिङसम्मको सडकखण्ड समयभित्र सम्पन्न गराउन, डुण्डुरेखोला पुल सम्पन्न गर्न, डुण्डुरेबाट किन्ताङ फेदीसम्मको सडक निर्माण सम्पन्न गर्न, आँखुखोला पुलको तत्काल निर्माण गर्ने गरी कार्यतालिका पनि बनेको छ,’ उनले भने ।

एक घर एक धारा कार्यक्रम कार्यान्वयन गर्न, तीनवटा सिँचाइ आयोजना चालु गर्न, सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहले एकीकृत पहल गर्न तथा सामूहिक पहलकदमीका लागि कार्यक्रम गरिएको मन्त्री फुँयालले बताए । सो कार्यका लागि आगामी पुस १६ गते एकीकृत बैठक बस्ने बताइएको छ ।

शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता अत्यावश्यक सेवाबाट बञ्चित हुनुपरेको गाउँलाई सबैभन्दा पहिले ती सबै विकासको आधारको रूपमा रहेको सडक सञ्जालले जोड्ने र अन्य विकासका काम पनि सँगै गर्दै जानेतर्फ प्रदेश सरकार लागेको मन्त्री फुँयालले बताए ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ८ : १५ बजे

विरोध प्रदर्शनका क्रममा पक्राउ परेका राहुल गान्धी रिहा

नयाँदिल्ली– विरोध प्रदर्शनका क्रममा पक्राउ परेका भारतीय विपक्षी दलका नेता

मनसुन विपद् तयारीबारे सरकारको ध्यानाकर्षण गराउन राष्ट्रियसभामा प्रस्ताव

काठमाडौं– प्रतिपक्षी दलहरूले मनसुनजन्य विपद् व्यवस्थापनमा पूर्वतयारी सम्बन्धमा सरकारको ध्यानाकर्षण

राष्ट्रिय एकतामार्फत संकट समाधान गर्न शेखरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशलाई वर्तमान संकटबाट

न्युयोर्कसँग नेतान्याहुलाई पक्राउ गर्ने अधिकार छैन : मेयर ममदानी

न्युयोर्क- न्युयोर्कका मेयर जोहरान ममदानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध अन्तर्राष्ट्रिय

भीष्मराजको जिकिर- मुलुकको विकासका लागि कांग्रेस फुट्नु अभिशाप, पार्टी तोड्ने होइन, जोड्नुपर्छ

चितवन– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरूले पार्टी