दक्षिण कोरियामा एकैदिन थपिए ९५० कोरोना संक्रमित « Khabarhub

दक्षिण कोरियामा एकैदिन थपिए ९५० कोरोना संक्रमित


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिण कोरियामा एकैदिन ९५० कोरोना संक्रमित थपिएका छन् ।

सरकारी अधिकारीले दिएको जानकारीअनुसार दक्षिण कोरियामा पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्र बढेको छ ।

उनीहरुका अनुसार यसअघि दैनिक पाँच सयदेखि छ सयसम्म नयाँ सङ्क्रमित थपिने गरेकोमा शनिबार ९५० संक्रमित थपिएका हुन् ।

कोरिया रोग नियन्त्रण तथा निवारण कार्यालयले महामारी थप फैलिँदै गएकाले उच्च सतर्कता अत्यावश्यक भएकोमा जोड दिएको छ ।

विभिन्न देशमा कोरोनाविरुद्धको खोप प्रयोगमा आइसकेको बेलामा आफ्नो देशमा भने महामारी थप फैलिँदै जानु अतिगम्भीर विषय भएको दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले बताएका छन् ।

महामारी नियन्त्रणका लागि सरकारले सबै शक्ति र संयन्त्र परिचालन गरिरहेको उनले जानकारी दिए ।

रेल स्टेनशनसहित मानिसको अत्यधिक भीडभाड हुने थप १५० ठाउँमा कोरोनाभाइरसको सङ्क्रमण परीक्षण गर्ने केन्द्र स्थापना गरिएको उनको भनाइ छ ।

सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सरकारले कतिपय व्यवस्थामा कडाई पनि गरेको छ । सामाजिक दूरी कायम गर्नु पर्ने, भीडभाड गर्न नहुने, मास्क लगाउनु पर्ने लगायतका नियमलाई सरकारले पालना गराउने सक्रियता बढाएको छ ।

रेष्टुरेन्टमा बस्न नपाईने, खाद्य पदार्थ किनबेच मात्रै गर्न पाइने, नौ बजे भित्रमा बन्द गरिसक्नुपर्ने लगायतका नियम पनि कडाइका साथ लागू गरिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ८ : ४९ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि