नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल « Khabarhub

नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका छन् ।

युएइको अबुधाबीमा जारी अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा सङ्घको १० औँ साधारणसभामा उनले नयाँ संविधान जारी भएसँगै नेपालमा राजनीतिक स्थायित्व कायम भएको तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले लगानीमैत्री वातावरण निर्माण गरेको बताए ।

जलविद्युत् क्षेत्रमा लागानीमैत्री वातावरण निर्माण गर्न सरकारले कानूनी सुधार, क्षेत्रीय बजार विस्तार तथा विद्युत् नियमन आयोग स्थापनाजस्ता काम गरेको उनको भनाइ थियो ।

मन्त्री पुनले सार्वजनिक निजी साझेदारीमा जलविद्युत्मा लगानी प्रवद्र्धन गर्ने नेपाल सरकारको नीति रहेको चर्चा गर्दै ढुक्क भएर नेपालमा लगानी भित्र्याउन आग्रह गरेका थिए ।

सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेको भन्दै उहाँले आन्तरिक बजारमै विद्युत् खपतका लागि विभिन्न योजनासमेत अघि सारेको उल्लेख गरे । उनले विद्युत् खपत बढाउन विशेष आर्थिक क्षेत्रमा कर छुट, विद्युतीय सवारी प्रवद्र्धन र चार्जिङ सेन्टर स्थापना गर्न लागिएको बताए ।

सङ्घलाई नेपालमा लगानीका लागि सहयोग जुटाइदिन आग्रह गर्दै मन्त्री पुनले विद्युत् उत्पादन गर्न, प्रसारण लाइन निर्माण तथा वितरण गर्न सस्तो र प्रभावकारी प्रविधि स्थापनामा सघाउन अनुरोध गरे ।

फरक प्रसङ्गमा मन्त्री पुनले जलवायु परिवर्तनका कारण हिउँ पग्लने क्रम बढेकामा चिन्ता प्रकट गर्दै ऊर्जा क्षेत्रको सुरक्षाका लागि त्यसलाई रोक्न गर्नुपर्ने काममा गम्भीर हुन सबैको ध्यानाकर्षण गराए ।

करिब १२० मुलुकका मन्त्री सहभागी सभामा नेपालका तर्फबाट मन्त्री पुनको नेतृत्वमा प्रतिनिधिसभा सदस्य राधाकुमारी ज्ञवाली, राजबहादुर बुढा र भूमि त्रिपाठी तथा युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल, बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारी र मन्त्री पुनका प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद चापागाईं सहभागी छन् ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ६ : ५५ बजे

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न