बेलायती महारानी र राजकुमार ह्यारीबीच वार्ता हुँदै | Khabarhub Khabarhub

बेलायती महारानी र राजकुमार ह्यारीबीच वार्ता हुँदै


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत– बेलायती महारानी एलिजाबेथ द्वितिय र उनका नाति राजकुरमा ह्यारीबीच आज (सोमबार) प्रत्यक्ष वार्ता हुँदैछ ।

महारानी एलिजाबेथले नाति ह्यारीलाई सोमबार प्रत्यक्ष वार्ताका लागि उपस्थित हुन आदेश दिएकी थिइन् ।

महारानीसँगको वार्तामा राजकुमार ह्यारी र उनकी पत्नी मेगन मर्केलको भावी भूमिकाका सम्बन्धमा छलफल हुने बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् ।

वार्तामा ह्यारीका पिता राजकुमार चार्ल्स तथा दाइ राकजुमार विललियम पनि उपस्थित रहने बेलायती राजरबारका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । सोमबार हुने छलफलबाट कुनै निष्कर्ष निस्कने सम्भावना भने नरहेको बताइएको छ ।

राजकुरमा ह्यारी र उनकी पत्नि मेगनले आफूहरु बेलायती राजपरिवारको वरिष्ठ सदस्याबाट हट्ने घोषणाा गरेका थिए । बुधवार यस्तो घोषणा गर्दै उनीहरुले आगामी दिनमा जीवन निर्वाहका लागि काम गर्नेसमेत जनाएका थिए।

ह्यारीले राजपरिवारसँग कुनै सल्लाह नगरी वक्तव्य जारी गरेपछि महारानी र शाही परिवारले दु:ख व्यक्त गरेको समाचारहरु सार्वजनिक भएका थिए ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ७ : ३६ बजे

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली