यी ९ खानेकुराको प्रयोगले बढाउँछ शारीरिक सुन्दरता | Khabarhub Khabarhub

यी ९ खानेकुराको प्रयोगले बढाउँछ शारीरिक सुन्दरता


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुन्दर व्यक्तित्व भएका व्यक्तिको प्रभाव हरेक भेट वा परिस्थितिमा सकारात्मक हुन्छ । सुन्दर व्यक्तित्वका लागी मानिसको शारीरीक वनावटसँगै उसको शारीरीक सुन्दरता पनि आवश्यक हुन्छ ।

शारीरिक सुन्दरता भनेको मानिसको अनुहार, आखाँ, छालाको सुन्दरता नै हो । आफूलाई सुन्दर पार्न मानिस सौन्दर्य सामाग्रीको अत्यधिक प्रयोग गर्ने पनि गर्दछन् । तर हाम्रो भान्सामा पाइने केही सामाग्रीको प्रयोगले नै हाम्रो सुन्दरतामा ठूलो मद्दत पु¥याउँछ । आज हामी मानिसलाई सुन्दर बनाउन भान्सा भित्रै पाइने ती ९ कुराको जानकारी दिदैछौ, जसको प्रयोगले हामीलाई सुन्दर बनाउन सहयोग गर्छ ।

१. गोलभेडा

भिटामिन ‘ए’ र ‘सी’ भरपूर मात्रामा पाइने टमाटरको सेवन गर्दा डण्डीफोर आउँदैन र छाला स्वस्थ रहन्छ । टमाटरको नियमित सेवनले छालामा चमक आउँछ । अनुहारमा टमाटर लगाउँदा रौंका छिद्रहरु बन्द हुन्छन् ।

२. अमला

बहुउपयोगी गुण भएको अमला छालाका लागि निकै लाभदायक मानिन्छ । अमलाको प्रयोगले कपाललाई समेत फाइदा गर्दछ । नियमित अमलाको सेवन गर्दा छालामा चम्किलो हुनुको साथै कपाल लामो, बाक्लो र बलियो हुन्छ । चाउरीपनाको समस्यामा पनि अमला निकै उपयोगी छ ।

३. अदुवा

एन्टी एजिङययुक्त अदुवाको सेवनले वृद्ध अवस्थामा पनि छालालाई जवान झै बनाइराख्छ । बिहान–बिहान खाली पेटमा अदूवा खादाँ छाला आकर्षक र सुन्दर देखिन्छ । अदुवाको रस अनुहारमा लगाएमा चाउरिएको छाला जवान झै देखिन्छ ।

४. लसुन

एन्टी अक्सिडेन्ट गुणयुक्त लसुन खाँदा छाला चम्किलो हुनुका साथै सुन्दर देखिन्छ । दैनिक लसुनको एक टुक्रा चपाएर खाएमा छालाको चाउरिपन हट्छ । डण्डीफोर आउँदा लसुनलाई पिसेर अनुहारमा लगाएमा फाइदा पुग्छ ।

५. कागति

बहुउपयोगी गुणयुक्त कागतिको सेवन निकै लाभदायक मानिन्छ । भिटामिन ‘सी’ले भरीपूर्ण कागतीको सेवनले छाला स्वस्थ हुन्छ । कागतीको रस अनुहारमा लगाउँदा डण्डीफोर आउन छाड्छ र डण्डिफोरका दाग पनि हराएर जाने गर्दछन् । कागतिको रस छाला र कपालमा लगाउदा दुवैमा चमक आउने गर्दछ ।

६. करेला

कतिपयलाई करेलाको तरकारी मन पर्दैन । तर करेला हाम्रो स्वास्थ्यका लागी भने बहुउपयोगी छ । प्रसस्त मात्रामा भिटामिन ‘ए’ पाइने करेलामा एन्टिअक्सिेडेन्ट समेत पाइन्छ । तसर्थ सातामा २ पटक करेलाको तरकारी खाएमा यसले रगतलाई शुद्ध बनाउन मद्दत गर्छ । जसका कारण अनुहारमा डण्डीफोर आउनबाट रोक्छ र छालालाई स्वस्थ राख्छ ।

७. पर्बल

धेरैलाई पर्बलको तरकारी मनपर्ने गर्दछ । तर यसको सेवन गर्दा हुने फाइदा बारे जानकारी नहुन सक्छ । पर्बलको नियमित सेवन गर्दा छालामा हुने एलर्जीबाट छुटकारा मिल्नुका साथै रगत सफाईमा समेत मद्दत पुग्छ । पर्बल खाँदा छालाका रोगहरु लाग्न पाउँदैन । दाद वा लुतो आउँदा पर्बलको पात पिसेर लगाउँदा निको हुन्छ ।

८. मेथी

हरेक नेपालीको भान्सामा पाइने मेथीको सेवनले पेट सम्बन्धी रोगबाट छुटकारा दिलाउँछ । मेथी खाँदा पेट सफा हुनुका साथै छाला स्वस्थ र चम्किलो हुने गर्दछ । मेथी सेवन गर्दा छालाका रोगहरु लाग्ने सम्भावना पनि न्यून हुन्छ । मेथीको पात पिसेर टाउको धोएमा कपाल बलियो र चम्किलो हुने गर्दछ ।

९. मुला

तरकारी, अचारमा मात्र होइन सलादका रुपमा समेत मुलाको प्रयोग हुन्छ । मुलाको नियमित सेवन गर्दा रगत शुद्ध हुन्छ तथा डण्डीफोर आउँदैन । यदि एक महिनासम्म लगातार मुला खाउमा डण्डीफोर आउँदा अनुहारमा बनेका दाग हराएर जान्छन् । मुलाको रस र तिलको तेलको मिश्रण बनाई टाउको मसाज गरेमा कपाल र्झन कम हुन्छ ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  १० : ५२ बजे

इरानद्वारा यहुदी विरोधी आक्रमणमा अस्ट्रेलियाको आरोप अस्वीकार

तेहरान– इरानको विदेश मन्त्रालयले अस्ट्रेलियामा भएका दुई यहूदी विरोधी आक्रमणको

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी

यु–१७ महिला च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौं– नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा

बैतडीमा जिप दुर्घटना हुँदा १२ जना घाइते

दशथचन्द– बैतडीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्

वनमन्त्री शाही र सचिव मिश्रबीच कार्यसम्पादन सम्झौता

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र मन्त्रालयका सचिव