४४ लाख नेपाली वैदेशिक रोजगारीमा, १७ लाखले मात्र गराए म्यादी बीमा | Khabarhub Khabarhub

४४ लाख नेपाली वैदेशिक रोजगारीमा, १७ लाखले मात्र गराए म्यादी बीमा


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागको तंथ्याकअनुसार करीब ४४ लाख नेपाली श्रमिक वैदेशिक रोजगारीमा कार्यरत रहेका छन् ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले १६ लाख ६२ हजार ५ सय ७ वटा म्यादी बीमा गराएको बीमा समितिको तंथ्याकमा उल्लेख छ ।

समितिकै तंथ्याकलाई आधार मान्ने हो भने करिब २७ लाख २८ हजार श्रमिक वैदेशिक रोजगारीका कार्यरत श्रमिक म्यादी बीमा नगराइ गएको देखिन्छ ।

वैदेशिक रोजगारमा जाने श्रमिकका हकमा अनिवार्य म्यादी बीमा गराउनुपर्ने व्यवस्था रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्म भुषालले जानकारी दिए ।

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको सुरक्षाका लागि अनलाइन प्रणालीको विकास गरेको विभागका महानिर्देशक डा. भुषालले बताए ।

‘वैदेशिक रोजगारीमा जाने श्रमिकले सम्बन्धीत प्रदेश र जिल्लाबाट म्यादी बिमा गराउन मिल्ने गरि अनलाइन प्रणाली बनाएका छौ’ उनले भने,‘सरकारले विदेशमा रहेका सबै कामदारलाई म्यादी बीमाको दायराभित्र ल्याउन सहजीकरणका लागि अनलाइन बनाएको हो ।’

उनका अनुसार विगतमा छुटेका श्रमिकको पनि अनलाइनबाट तंथ्याक संकलन गरिन्छ । विभाग र समितिले विदेशीने श्रमिकका हकमा म्यादी बीमाको नविकरण अनलाईन मार्फत भुक्तानी गर्न मिल्ने व्यवस्थाका लागि सबै प्रक्रिया मिलाइसकेका छन् ।

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सरकारले दुई वर्षको श्रम स्वीकृति जारी गर्दै आएको छ । तर, वैदेशिक रोजगारीमा जाने श्रमिकले भने तीन वर्षको म्यादी बीमा गराउनुपर्छ ।

देश र उमेर अनुसार म्यादी बीमाको रकम फरक फरक तिर्नुपर्ने वैदेशिक रोजगार ऐनमा व्यवस्था छ । तर, सरकारले खाडीका देश र मलेसियामा जाने श्रमिकका हकमा २ वर्षका लागि मात्र श्रम स्वीकृति जारी गर्छ । भने कोरिया र इजरायल जाने श्रमिकका हकमा ५ वर्षका लागि श्रम स्वीकृति जारी गदै गएको छ ।

खाडीका देश मलेसियाका हकमा १५ सय देखि उमेर अनुसार ४ हजारसम्मको म्यादी बीमा गराउनुपर्छ भने कोरिया र इराजरायलका हकमा २ हजार ५ सय अनिवार्य भएको विभागले जनाएको छ ।

वैदेशिक रोजगारीमा जानुअघि इजाजतपत्रवालाले वैदेशिक रोजगारीमा जाने श्रमिकले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २६ तथा वैदेशिक रोजगार नियमावली, २०६४ को नियम १९ बमोजिम करार अवधिभर कायम रहने गरी न्यूनतम ५ लाखको बीमा गराउनुपर्ने व्यवस्था छ ।

त्यसैगरी वैदेशिक रोजगार ऐनको दफा २१(२) बमोजिम व्यक्तिगत रुपमा वैदेशिक रोजगारमा जानका लागि समेत बीमा गर्नुपर्ने व्यवस्था गरिएको छ । सोही अनुसार वैदेशिक रोजगारीमा जाने कामदारले म्यादी बीमा गराउदै आएका छन् ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको म्यादी बीमाका लागि सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, यूनियन लाइफ इन्स्योरेन्स लिमिटेड र नेशनल लाइफ इन्स्योरेन्स लिमिटेड गरी ४ वटाले काम गर्दै आएका छन् । यी कम्पनीसँग १७ लाख वैदेशिक रोजगारीमा गएका श्रमिकको मात्र बीमा गराएको तंथ्याक भएको पाइएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको अनिवार्य रुपमा १० लाख रुपैयाँको बीमा गनुपर्ने व्यवस्था रहेको छ । वैदेशिक रोजगारीको शिलशिलामा कामदारको मृत्यु भएका आश्रित परिवारले १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी पाउने व्यवस्था रहेको छ । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकले १७ लाख क्षतिपूर्ति पाँउछन् ।

आर्थिक बर्ष २०७२/७३ मा ९ लााख ३३ हजार ८ सय ७१ जनाले म्यादी बीमा गराएको थिए । आर्थिक २०७३/७४मा ६ लाख ४४ हजार १ सय ३ जना, २०७४/७५ मा ६ लाख ४८ हजार ८४ जनाले म्यादी बीमा गराएका थिए भने गत आर्थिक वर्षमा ५ लाख ८० हजारले म्यादी बीमा गराएका छन् ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ९ : ५४ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी