पलसँग नाम जोडिएको मन नपराउने आँचल ! | Khabarhub Khabarhub

पलसँग नाम जोडिएको मन नपराउने आँचल !


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका आँचल शर्मा र पल शाहको सम्बन्ध लामो समयसम्म थियो । यी दुईबीच प्रेमसम्बन्ध रहेको समेत चर्चा चल्ने गर्थ्यो । तर पल र आँचलले कहिल्यै आफूहरु प्रेममा रहेको स्वीकार गरेनन् ।

आँचलका बारेमा पल खासै नबोले पनि पलका बारेमा भने आँचल प्रायः बोलिरहन्थिन् । पत्रकारले यो क्षेत्रमा सबैभन्दा नजिकको साथी को भनेर सोध्दा आँचलले भन्थिन् – पल शाह ।

केही समययता पल र आँचलको सम्बन्ध राम्रो नभएको चर्चा चल्न थालेको छ । त्यसो त आँचलले केही समयअघि आफ्नो ब्यायफ्रेण्ड शेयर गरेकी थिइन् । उनी यतिबेला उदिप श्रेष्ठसँगको प्रेममा छिन् ।

एक म्युजिक भिडियोमा पल शाह र आँचल शर्मा ।

आँचल आफ्नो प्रेमको बारेमा खुलेर बोल्ने गरेकी छिन् । तर, आजकाल उनलाई पलसँग नाम जोडेको मन पर्दैन ।

हालै एक म्युजिक भिडियोको छायांकनमा भेटिएकी आँचललाई पत्रकारले सोधे – पल शाहलाई छोडेर सलोन बस्नेतसँग नाच्दा कस्तो लागिरहेको छ?

उनको उत्तरमा आँचलले भनिन् – हरके प्रश्नमा अब पल जीको कुरा नलिऔं होला । अब मैले अरू कोहीसँग बिहे नै गर्न लागेकी छु भने किन पल जीलाई जोड्ने?

आँचलले पलको नाम सुन्नासाथ मुख बिगारेपछि पत्रकार नै ट्वाँ भएका थिए । पलको नाम सुन्नासाथ कुरा फेरेपछि आँचलले अहिले पलसँग नाम नजोडिएको मन नपराउने स्पष्ट देखिएको छ ।

यता पलले पनि आँचलका बारेमा खासै बोल्ने गरेका छैनन् । आँचल अब उदिपसँग बिहे नै गर्ने योजनामा छिन् ।

कुनै बेला पललाई ‘बेस्ट फ्रेण्ड’ भन्ने आँचलले अहिले भने पलसँग नाम नै नजोडियोस् भन्ने चाहन्छिन् । उनका फ्यान पनि बडा अचम्ममा पर्छन् ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  २ : ५० बजे

थरीथरीका गुराँसले ढपक्कै तीनजुरे (फोटो फिचर)

तीनजुरे– पूर्वी नेपालको तेह्रथुमस्थित लालीगुराँस नगरपालिका गुराँस पर्यापर्यटनको प्रवेशद्वार हो

ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते

काठमाडौं- ललितपुरमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका

नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील

सार्वजनिक शौचालय प्रयोग गर्दा नगर्नुहोस् यस्ता गल्ती

काठमाडौं– विशेष गरी सहरी भेगमा सार्वजनिक शौचालयको प्रयोग बढी हुने

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ