एनआरटीविरुद्ध पुलिस स्तब्ध | Khabarhub Khabarhub

एनआरटीविरुद्ध पुलिस स्तब्ध


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शहिद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम एनआरटीले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । सोमबार भएको खेलमा एनआरटीले पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटीलाई जित दिलाउन दर्शन गुरुङले उत्कृष्ट गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा दर्शनले खेलको ७६ औं मिनेटमा गोल गर्दै पुलिसविरुद्ध अग्रता दिलाएका थिए । पुलिस क्लबविरुद्ध जीत हात पारेको एनआरटीका मिडफिल्डर एरीक बिष्ट म्यान अफ दि म्याच घोषीत भएका छन् ।

लिगको शीर्ष स्थानमा १३ अंकसहित नेतृत्व गरिरहेको छ । पुलिसमाथि जीत हात पारेको एनआरटी ६ खेलबाट ८ अंकसहित लिगको छैठौं स्थानमा उक्लिएको छ । ३ खेलमा जीत १ खेलमा बराबरी २ खेलमा हार व्येहोरेको एनआरटी अघिल्लो संस्करणमा लिगको पुछारमा रहेकाले २ अंक ऋण तिरेको छ । हात पारेपनि पराजित पुलिस क्लबले ६ खेलमा ८ अंकसहित सातौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ३ : ०१ बजे

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा – माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल

गगन थापा भन्छन् : शिक्षकले राजनीतिक आस्था विद्यालयको ढोका बाहिर राख्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई

रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा

काठमाडौं – गृहमन्त्रालयले ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा गरेको छ

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी