एनआरटीविरुद्ध पुलिस स्तब्ध « Khabarhub

एनआरटीविरुद्ध पुलिस स्तब्ध


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शहिद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम एनआरटीले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । सोमबार भएको खेलमा एनआरटीले पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटीलाई जित दिलाउन दर्शन गुरुङले उत्कृष्ट गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा दर्शनले खेलको ७६ औं मिनेटमा गोल गर्दै पुलिसविरुद्ध अग्रता दिलाएका थिए । पुलिस क्लबविरुद्ध जीत हात पारेको एनआरटीका मिडफिल्डर एरीक बिष्ट म्यान अफ दि म्याच घोषीत भएका छन् ।

लिगको शीर्ष स्थानमा १३ अंकसहित नेतृत्व गरिरहेको छ । पुलिसमाथि जीत हात पारेको एनआरटी ६ खेलबाट ८ अंकसहित लिगको छैठौं स्थानमा उक्लिएको छ । ३ खेलमा जीत १ खेलमा बराबरी २ खेलमा हार व्येहोरेको एनआरटी अघिल्लो संस्करणमा लिगको पुछारमा रहेकाले २ अंक ऋण तिरेको छ । हात पारेपनि पराजित पुलिस क्लबले ६ खेलमा ८ अंकसहित सातौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ३ : ०१ बजे

काभ्रेको जनहित माविमा नयाँ भवन निर्माण सुरू, भारतको ५ करोड ५० लाख रुपैयाँ सहयोग

काठमाडौं– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित श्री जनहित माध्यमिक विद्यालयमा नयाँ विद्यालय

धुलिखेल र चीनको अली प्रिफेक्चरबीच भगिनी सहर सम्बन्ध सुदृढ गर्ने सहमति

धुलिखेल-धुलिखेल नगरपालिका र जनवादी गणतन्त्र चीनको सिजाङ (तिब्बत) स्थित अली

रूस–युक्रेन द्वन्द्व जारी, युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार

एजेन्सी– युक्रेनले रातारात गरेको आक्रमणमा रूस युक्रेन सीमाबाट सयौँ किलोमिटर

पशु रोग नियन्त्रणका लागि नयाँ विधेयक राष्ट्रियसभामा

काठमाडौं– राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’  पेस भएको

देउवा साउन २६ गते हङकङबाट नेपाल फर्किने

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा यही साउन २६ गते