नक्कली प्रहरी बनेर ठगी गर्ने दुई जना पक्राउ | Khabarhub Khabarhub

नक्कली प्रहरी बनेर ठगी गर्ने दुई जना पक्राउ


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- नक्कली प्रहरी बनेर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको बाह्रदशी गाउँपालिकाबाट नक्कली प्रहरी बनेर स्थानीय व्यापारीलाई ठगी गर्ने दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

पक्राउपर्नेमा बाह्रदशी गाउँपालिका–३ स्थित राजगढ बजारमा व्यापार गर्दै आएका वडा नं ४ चकचकी बस्ने व्यापारी अरफाक आलामलाई ठग्ने गौरीगञ्ज गाउँपालिका–१ का २८ वर्षीय पर्शुराम महत्तो र सोही गाउँपालिका–३ बस्ने २० वर्षीय जीवनदास रहेका छन् ।

उनीहरुले आलामलाई आफूहरु प्रदेश नं–१ प्रहरी कार्यालय विराटनगरका ‘सीआइवी’ प्रहरी भएको भन्दै आज दिउँसो १२ः०० बजे रु सात हजार लुटेका थिए ।

आलामले तत्काल शङ्का लागि इलाका प्रहरी कार्यालय राजगढमा खबर गरेका थिए । खबर पाउने वित्तिकै तत्काल खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ल्याएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ९ : २० बजे

वीरगञ्जमा ९३ जनामा हैजा पुष्टि

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरमा सोमबार साँझसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या

टाइगर श्रफको ‘बागी ४’ ट्रेलर प्रदर्शन मिति सार्वजनिक

काठमाडौं- सन् २०१६ मा “बागी” फिल्ममार्फत ‘रोनी’ बनेका अभिनेता टाइगर

पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि चारवटै ढोका खुला

काठमाडौं – हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका

भियतनामका उपराष्ट्रपति सुआन स्वदेश फिर्ता

काठमाडौं – समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय