समुन्द्रमा माछा मार्न गएका २ नेपालीको मृत्यु « Khabarhub

समुन्द्रमा माछा मार्न गएका २ नेपालीको मृत्यु


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माछा मार्न समुन्द्रमा गएका २ नेपालीको छालले बगाएर मृत्यु भएको छ ।

पोर्चुगलको राजधानी लिस्बनको कास्काइसको समुद्रमा माछा मार्न गएका उनीहरुको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा धादिङ थानेबास गाउँपालिका घर भइ हाल बाराको सिमरामा बसोबास गर्दै आएका ४४ वर्षीय कमल वाइबा र उनका भाइ ४० वर्षीय सुरज वाइवा छन् ।

उनीहरु समुद्रको छाल हेर्न पर्यटकको भीड लाग्ने कास्काइसको ‘बोका दि इन्फेर्नो’मा माछा मार्नेक्रममा समुन्द्रको छालमा परेका थिए ।

कमलका चार तथा सुरजका तीन छोराछोरी छन्। डेनमार्कमा केही समय बसेर उनीहरु ९ महिनाअघि पोर्चुगलमा रहेको एभरेष्ट रेस्टुरेन्टमा काम गर्दै आएका थिए ।

घटनास्थल पुगेका अवैतनिक महावाणिज्यदूत मकर हमालले दुबैले निषेधित क्षेत्रमा गएर माछा मारेको र दाजुलाई पहिला बगाउँदा भाइले बचाउन खोजेको र दुवैको ज्यान गएको बताएका छन् ।

दाजुको निधारमा चोट लागेको पाइएको छ। छाल हेरिरहेकामध्ये कसैले पुलिसलाई खबर गरेपछि पोर्चुगलको सामुद्रिक पुलिसले उनीहरुको खोजी गरेको थियो।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ९ : २७ बजे

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।