‘पर्यटकको सुरक्षाका लागि प्रहरी प्रतिबद्ध’ « Khabarhub

‘पर्यटकको सुरक्षाका लागि प्रहरी प्रतिबद्ध’


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको ठमेल क्षेत्रमा आउने पर्यटकको सुरक्षाका लागि प्रहरी प्रतिबद्ध रहेको बताइएको छ ।

ठमेल पर्यटन परिषद्ले महानगरीय प्रहरी वृत्त दरबारमार्ग र पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका नयाँ प्रहरी प्रमुखको स्वागतमा आयोजना गरेको कार्यक्रममा नेपाल भ्रमण वर्षलाई सफल बनाउन ठमेल क्षेत्रको सुरक्षालाई मजबुद बनाउनुपर्ने बताइएको हो ।

कार्यक्रममा महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख, प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले ठमेल क्षेत्रको शान्ति सुरक्षाका लागि प्रहरीले इमान्दारीपूर्वक काम गर्ने बताए ।

पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख, प्रहरी निरीक्षक अस्मिता कपालीले मुलुकको आर्थिक मेरुदण्डको आधार मानिएको पर्यटन क्षेत्रको सुरक्षाका लागि पर्यटक प्रहरीले सहयोग गर्ने बताए ।

ठमेल पर्यटन परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले समृद्धिको मुख्य आधार शान्ति सुरक्षा भएकाले शान्ति सुरक्षालाई मजबुत बनाउन सबै लाग्नुपर्ने बताए ।

सोही अवसरमा वृत्त दरबारमार्गबाट सरुवा भएर गएका प्रहरी नायब उपरीक्षक विनोद घिमिरे, पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपबाट सरुवा भएका अमृतबहादुर बस्नेत र ट्राफिक प्रभाग ठमेलबाट सरुवा भएका प्रहरी नायब निरीक्षक धर्मराज घिमिरेलाई बिदाइसमेत गरिएको थियो ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ९ : ४५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र