निन्द्रा लागेन ? सुत्ने कोठाबाट हटाउनुस् यी ५ सामान « Khabarhub

निन्द्रा लागेन ? सुत्ने कोठाबाट हटाउनुस् यी ५ सामान


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिनभरी थकान र कामको व्यस्तता पछि हरेक मानिसलाई पर्याप्त निन्द्रा आवश्यक हुन्छ । तर गलेको शरीर लिएर ओच्छ्यानमा पुगेपनि कतिपय अवस्थामा राम्रोसं निन्द्रा पर्दैन । शारीरिक तथा मानसिक दुवै कारणले रातमा निन्द्रा पर्न ग्राहो हुन्छ ।

तर, यसका लागी वास्तुशास्त्रले भने केहि कारणलाई लाई दोषि मानेको छ । वास्तु अनुसार निन्द्रा नपर्नुको कारण मानिसका केहि गल्तीहरु हुन् । अर्थात हामीले सुत्ने ओच्छ्यान नजिकै राखिने केहि वस्तुहरुको कारणले हामीलाई निन्द्रा पर्दैन ।

१. जुत्ता–चप्पल
अधिकाशं मानिस सुत्ने ओच्छ्यानसम्म रुम स्लिपर लगाउछन् । साथै केहिले अन्यत्र लगाउने जुत्ता–चप्पल पनि बेडरुमसम्मै पुर्याउँछन् । वास्तुअनुसार यसरी जुत्ताचप्पललाई ओच्छ्यानमा पुर्याउँदा यसले नकारात्मक उर्जा पैदा गर्छ र निन्द्रा पर्दैन ।

२. पानीको जग/गिलास
केहि मानिस राति उठ्दा तिर्खा लागेमा पानी चाहिने भन्दै सिरानी छेउमा पानीको जग वा गिलास राख्ने गर्दछन् । तर वास्तु अनुसार यसो गर्ने मानिसहरु मानसिक रोगको शिकार हुने उल्लेख छ ।

पानीको भाँडो सिरानीमा राख्दा चन्द्रमा प्रभावित हुने र स्वभावमा परिवर्तन भई मानिस रिसाहा प्रवृतिको हुने बताइएको छ ।

३. तेल
केहि मानिस राति सुत्ने बेलामा तेलले टाउको मालिस गरेर सुत्ने गर्दछन् । यस्तोमा उक्त तेल समेत ओच्छ्यानेको नजिक वा सिरानि छेउमा हुने गर्दछ । तर वास्तु अनुसार सुत्ने बेलामा तेललाई संगै राख्नु हुदैन । अन्यथा जीवनमा समस्या र उल्झनहरु आइपर्ने हुन्छ ।

४. ऐना
अधिकाशं मानिसको सुत्ने कोठामा ऐना हुने गर्दछ । यति मात्र होइन कतिपयको त ओच्छ्यानमा नै ऐना राख्ने बानि हुन्छ । तर वास्तु अनुसार ओछ्यान नजिकै ऐना राख्नुहुँदैन । यसले शारीरिक रोग पैदा गर्छ । साथै, पति–पत्नीबीच अनावश्यक मनमुटाव हुन्छ ।

५. मोबाइल/ल्यापटप
सुत्ने ओच्छ्यान नजिकै कोठामा मोबाइल वा ल्यापटप राख्नु हुदैन । अन्यथा मानिसलाई राम्रो निन्द्रा पर्दैन । तसर्थ मोवाइल वा ल्यापटप सुत्नुअघि आफूभन्दा पर राख्नुर्पछ । वास्तु अनुसार मोबाइल र ल्यापटपले राहु दोष पैदा गर्ने र यसले मानिसमा नकारात्मक असर पार्ने गर्दछ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  १० : १५ बजे

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विधान संशोधन सहितका प्रतिवेदन पेश

काठमाडौं – काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की– पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

म पार्टी विभाजनको पक्षमा छैन : शशांक कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८