निन्द्रा लागेन ? सुत्ने कोठाबाट हटाउनुस् यी ५ सामान « Khabarhub

निन्द्रा लागेन ? सुत्ने कोठाबाट हटाउनुस् यी ५ सामान


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिनभरी थकान र कामको व्यस्तता पछि हरेक मानिसलाई पर्याप्त निन्द्रा आवश्यक हुन्छ । तर गलेको शरीर लिएर ओच्छ्यानमा पुगेपनि कतिपय अवस्थामा राम्रोसं निन्द्रा पर्दैन । शारीरिक तथा मानसिक दुवै कारणले रातमा निन्द्रा पर्न ग्राहो हुन्छ ।

तर, यसका लागी वास्तुशास्त्रले भने केहि कारणलाई लाई दोषि मानेको छ । वास्तु अनुसार निन्द्रा नपर्नुको कारण मानिसका केहि गल्तीहरु हुन् । अर्थात हामीले सुत्ने ओच्छ्यान नजिकै राखिने केहि वस्तुहरुको कारणले हामीलाई निन्द्रा पर्दैन ।

१. जुत्ता–चप्पल
अधिकाशं मानिस सुत्ने ओच्छ्यानसम्म रुम स्लिपर लगाउछन् । साथै केहिले अन्यत्र लगाउने जुत्ता–चप्पल पनि बेडरुमसम्मै पुर्याउँछन् । वास्तुअनुसार यसरी जुत्ताचप्पललाई ओच्छ्यानमा पुर्याउँदा यसले नकारात्मक उर्जा पैदा गर्छ र निन्द्रा पर्दैन ।

२. पानीको जग/गिलास
केहि मानिस राति उठ्दा तिर्खा लागेमा पानी चाहिने भन्दै सिरानी छेउमा पानीको जग वा गिलास राख्ने गर्दछन् । तर वास्तु अनुसार यसो गर्ने मानिसहरु मानसिक रोगको शिकार हुने उल्लेख छ ।

पानीको भाँडो सिरानीमा राख्दा चन्द्रमा प्रभावित हुने र स्वभावमा परिवर्तन भई मानिस रिसाहा प्रवृतिको हुने बताइएको छ ।

३. तेल
केहि मानिस राति सुत्ने बेलामा तेलले टाउको मालिस गरेर सुत्ने गर्दछन् । यस्तोमा उक्त तेल समेत ओच्छ्यानेको नजिक वा सिरानि छेउमा हुने गर्दछ । तर वास्तु अनुसार सुत्ने बेलामा तेललाई संगै राख्नु हुदैन । अन्यथा जीवनमा समस्या र उल्झनहरु आइपर्ने हुन्छ ।

४. ऐना
अधिकाशं मानिसको सुत्ने कोठामा ऐना हुने गर्दछ । यति मात्र होइन कतिपयको त ओच्छ्यानमा नै ऐना राख्ने बानि हुन्छ । तर वास्तु अनुसार ओछ्यान नजिकै ऐना राख्नुहुँदैन । यसले शारीरिक रोग पैदा गर्छ । साथै, पति–पत्नीबीच अनावश्यक मनमुटाव हुन्छ ।

५. मोबाइल/ल्यापटप
सुत्ने ओच्छ्यान नजिकै कोठामा मोबाइल वा ल्यापटप राख्नु हुदैन । अन्यथा मानिसलाई राम्रो निन्द्रा पर्दैन । तसर्थ मोवाइल वा ल्यापटप सुत्नुअघि आफूभन्दा पर राख्नुर्पछ । वास्तु अनुसार मोबाइल र ल्यापटपले राहु दोष पैदा गर्ने र यसले मानिसमा नकारात्मक असर पार्ने गर्दछ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  १० : १५ बजे

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्याउलेमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको

काठमाडौंबाट लुटिएका हतियारसहित तीन जना पक्राउ

झापा– जेनजी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौंबाट लुटिएका दुई

‘निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं’

भैरहवा – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

थापाथलीस्थित बागमती नदी किनारामा बनेको पार्क (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती करडोरस्थित नदी किनारमा निर्माण गरेको

मन्त्रीलाई बञ्चरे डाँडाबासीको चुनौती- ‘जग्गा दिन्छौं, हामीसँगै बस्न सक्नुहुन्छ ?

२० वर्षदेखि ककनी, धुनीबेसी र बेलकोटगढीका स्थानीय ‘स्वच्छ वातावरणमा बाँच्न