पीएजी फ्रेन्च लिगको सेमिफाइनल प्रवेश « Khabarhub

पीएजी फ्रेन्च लिगको सेमिफाइनल प्रवेश


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डिजोनमाथी ६- १ को शानदार जीत निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको सेमिफाईनलमा प्रवेश गरेको छ ।

बिहिबार भएको एकपक्षीय जस्तो खेलमा पीएजीले डिजोनमाथि ६–१ को जीत निकालेको हो । जीतसँगै पीएसजी अन्तिम ४ मा प्रवेश गरेको छ । पीएजीले दुई गोल आत्मघाती उपहार पाएको थियो ।

वेस्ले लाउटोआको आत्मघाति गोलसंगै पहिलो मिनेटमै पीएसजीले खेलमा अग्रता बनाएको थियो । डिजोनका मौनीर चौईरले १३ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

केलियन एम्बाप्पेले ४४ औं मिनेटमा गोल गर्दै पीएसजीलाई पहिलो हाफमा अग्रता दिलाए ।  थिएगो सिल्भाले ५० औ मिनेटमा गोल गर्दै पीएसजीलाई ३–१ ले अघि बढाए ।

लगत्तै पाब्लो साराबियाले ५५ औ मिनेटमा पीएसजीका लागि चौथो गोल गरे । खेल सकिन चार मिनेट अगाडी सेनु कौलबलीको आत्मघाति गोलसंगै पीएसजी खेलमा ५–१ ले अघि बढ्यो । ईन्जुरी समयमा साराबियाले ब्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई फराकिलो जित दिलाए ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ८ : ०९ बजे

२५ केन्द्रीय सदस्य पदका लागि यी यस्ता छन् युवा आंकाक्षी 

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि

तेस्रोमा सीमित बन्यो विराटनगर, फाइनलमा लुम्बिनीले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबार

लुम्बिनीविरुद्ध सङ्कटमा विराटनगरको इनिङ

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्गसको

शिवं सिमेन्टले साँढे १२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं– शिवं सिमेन्ट लिमिटेडको आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक साधारण