जुमानुको ह्याट्रिकमा पुलिसको जीत « Khabarhub

जुमानुको ह्याट्रिकमा पुलिसको जीत


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहिद स्मारक ए डिभिजन फुटबल लिगमा जुमानु राईको ह्याट्रिकसँगै नेपाल पुलिस क्लबले यो सिजनको आफ्नो यात्रा टुङ्ग्याएको छ ।

बिहीबार सातदोबाटोस्थित एन्फा मैदामा भएको खेलमा पुलिसले फ्रेन्ड्सलाई ३–० गोलले पराजित गरेको हो ।

फ्रेन्ड्सविरुद्ध पुलिसले ३ गोल गर्दा अनुभवी खेलाडी राईले ह्याट्रिक गरेका हुन् । उनले खेलको ४९, ५६ र ८५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन् ।

जीतसँगै १३ खेल खेलेको पुलिस शीर्ष पाँचमा रहेको छ भने पराजित फ्रेन्ड्स १४ अंकसहित १० औं स्थानमा रहेको छ ।

लिगको यो सिजनमा राईले गरेको ह्याट्रिक दोस्रो हो ।

यसअघि थ्रीस्टारका सन्जोक राईले लिगमा पहिलो ह्याट्रिक गरेका थिए ।

२०७० सालपछि सन्जोगले गरेको ह्याट्रिक पहिलो हो भने जुमानुको दोस्रो ह्याट्रिक हो ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ११ : ३३ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय