तस्वीरमा हेर्नुहोस्– ‘जनयुद्ध’ को बेलाका प्रचण्ड, बाबुरामदेखि विप्लवसम्म « Khabarhub

तस्वीरमा हेर्नुहोस्– ‘जनयुद्ध’ को बेलाका प्रचण्ड, बाबुरामदेखि विप्लवसम्म


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेकपाले आज जनयुद्ध दिवस मनाइरहेको छ । पार्टी कार्यालय धुम्बाराहीमा एक कार्यक्रमको आजोजना गरिएको थियो ।

कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्ड सहितका नेताहरु सहभागी भएका थिए । तर अर्का अध्यक्ष केपी ओली भने कार्यक्रममा सहभागी भएनन् ।

तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गते सुरु गरेको शसस्त्र युद्धको सम्झनामा हरेक वर्ष उक्त पार्टीले जनयुद्ध दिवस मनाउँदै आएको थियो । तत्कालिन नेकपा एमालेसँग एकता गरेपछि बनेको नेकपाले पनि जनयुद्ध दिवसलाई मनाउँदै आएको छ ।

विद्रोह शुरु गर्दाका नेताहरु तत्कालिन माओवादीबाट छुटिएर फरक फरक पार्टीमा रहेका छन् । मोहन वैद्य, नेत्रविक्रम चन्द लगायतको नेतृत्वमा फरक फरक पार्टी रहेका छन् । उनीहरुले पनि विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

विक्रम संवत २०५२ साल फागुन एक गते तत्कालिन विद्रोही नेकपा माओवादीले संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरुवात गरेको थियो । २०६३ साल मंसीर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र विद्रोह औपचारिक रुपमा अन्त्य भएको थियो । शसस्त्र विद्रोह शुरु भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ ।

हेरौं केही तस्वीर

 

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  १ : ३० बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा