सिन्धुपाल्चोकको गुम्बामा बिरामी परेका २५ जनाको नमुना सङ्कलन « Khabarhub

सिन्धुपाल्चोकको गुम्बामा बिरामी परेका २५ जनाको नमुना सङ्कलन


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक–सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ को गुम्बा गाउँमा केही दिनदेखि फैलिएको मौसमी रुघाखोकीका बिरामीहरु निको हुँदै गएकाले हालको अवस्था सुधारोन्मुख रहेको छ ।

हिजो दिनभरिमा एक सयभन्दा बढी बिरामी आएकामा त्यसको तुलनामा आज २४?२५ जना मात्र आएको र उनीहरु पनि सामान्य रहेकाले आत्तिनुपर्ने अवस्था नभएको उपचारमा संलग्न डा पिताम्बर खनालले जानकारी दिए ।

एकापसमा घर जोडिएको बाक्लो बस्ती रहेको सो गाउँका प्रायः सबैलाई रोग सरेको पाइएकाले त्यसबाट सतर्क रहन माक्स लगाउन र साबुन पानीले हात धुनसमेत सचेत गराइएको डा खनालले वताए ।

त्यहाँस्थित विद्यालयसमेत हिजोदेखि बन्द गरिएको छ । दुर्गम गाउँ भएकाले पालिकाले हिजोदेखि औषधिसहितको चिकित्सक टोली प्रभावित क्षेत्रमा गएर उपचार गरिरहेको छ ।

प्रभावित क्षेत्रमा पुगेका वाग्मती प्रदेशस्तरीय जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीले २५ जना विरामीको नमुना सङ्कलन गरी फर्किसकेका छन् । सङ्कलित नमुना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरेपछि मात्र रोगको यकिन पहिचान हुने भएकाले चाँडै नै नतिजा आउने जिल्ला जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइँले बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ५ : ४१ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका