सिन्धुपाल्चोकको गुम्बामा बिरामी परेका २५ जनाको नमुना सङ्कलन « Khabarhub

सिन्धुपाल्चोकको गुम्बामा बिरामी परेका २५ जनाको नमुना सङ्कलन


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक–सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ को गुम्बा गाउँमा केही दिनदेखि फैलिएको मौसमी रुघाखोकीका बिरामीहरु निको हुँदै गएकाले हालको अवस्था सुधारोन्मुख रहेको छ ।

हिजो दिनभरिमा एक सयभन्दा बढी बिरामी आएकामा त्यसको तुलनामा आज २४?२५ जना मात्र आएको र उनीहरु पनि सामान्य रहेकाले आत्तिनुपर्ने अवस्था नभएको उपचारमा संलग्न डा पिताम्बर खनालले जानकारी दिए ।

एकापसमा घर जोडिएको बाक्लो बस्ती रहेको सो गाउँका प्रायः सबैलाई रोग सरेको पाइएकाले त्यसबाट सतर्क रहन माक्स लगाउन र साबुन पानीले हात धुनसमेत सचेत गराइएको डा खनालले वताए ।

त्यहाँस्थित विद्यालयसमेत हिजोदेखि बन्द गरिएको छ । दुर्गम गाउँ भएकाले पालिकाले हिजोदेखि औषधिसहितको चिकित्सक टोली प्रभावित क्षेत्रमा गएर उपचार गरिरहेको छ ।

प्रभावित क्षेत्रमा पुगेका वाग्मती प्रदेशस्तरीय जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीले २५ जना विरामीको नमुना सङ्कलन गरी फर्किसकेका छन् । सङ्कलित नमुना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरेपछि मात्र रोगको यकिन पहिचान हुने भएकाले चाँडै नै नतिजा आउने जिल्ला जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइँले बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ५ : ४१ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित