मुलुकलाई समृद्ध बनाउनु सरकारको मुख्य कार्यभारः मन्त्री पुन « Khabarhub

मुलुकलाई समृद्ध बनाउनु सरकारको मुख्य कार्यभारः मन्त्री पुन


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले देश समृद्धिको यात्रामा अघि बढेको बताएका छन् ।

तत्कालीन विद्रोही माओवादीले युद्धको शुरुआत भएको स्थल रुन्टीगढी गाउँपालिका–९ होलेरीमा निर्माण गरिएको शान्ति स्मारक पार्कको  उद्घाटन गर्दै उनले भने, “देशलाई समृद्धिको बाटोमा हिडाउनु नै वर्तमान सरकारको मुख्य कार्यभार हो ।”

मन्त्री पुनले देशमा भएका परिवर्तनको जग बसाल्ने थलो होलेरी भएको उल्लेख गर्दै जनयुद्ध शुरुआत भएको २५ वर्ष पूरा हुँदैगर्दा देशको राजनीतिक परिवर्तन मात्रै नभई व्यवस्था परिवर्तन हुनुमा होलेरीको अहम् भूमिका रहेको बताए ।

विसं २०५२ फागुन १ गते होलेरीमा आक्रमण गर्दा तत्कालीन नेकपा माओवादीमा आफू युद्ध कमाण्डर भएर लडेको स्मरण गर्दै उनले मुलुक सङ्घीयतामा गएसँगै अहिले समृद्धिका राम्रा सङ्केत देखा परेको बताए ।

तत्कालीन समयमा प्रहरी चौकी रहेको स्थानमा शान्ति स्मारक निर्माण गरिएको हो । प्रदेश सरकारको रु ३० लाख, गाउँपालिकाको रु ३० लाख तथा जनश्रमदान रु आठ लाख ५५ हजार ९२६ गरी कूल रु ६८ लाख ५५ हजार ९२६ मा सो स्मारक निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष गोपाल डाँगीले बताए ।

सो अवसरमा रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले यो स्मारकले पर्यटकलाई आकर्षित गर्ने बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  १० : ०० बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा