‘निफ’ उद्घाटनमा भारतीय फिल्मकर्मी झाले भने – नेपालसँगको नाता गहिरो छ « Khabarhub

‘निफ’ उद्घाटनमा भारतीय फिल्मकर्मी झाले भने – नेपालसँगको नाता गहिरो छ


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज (बिहीवार) देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) शुरु भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा फेस्टिभलको सभामुख अग्नि सापकोटाले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरे ।

समारोहमा बलिउड निर्देशक प्रकाश झा, हलिउड फिल्ममेकर ल्यारी कासानोफ, निफका अध्यक्ष केपी पाठक लगायत उपस्थित थिए ।

उद्घाटन सत्रमा बोल्दै बलिउड मेकर प्रकाश झाले नेपालमा रहेर संसारका विभिन्न देशका फिल्म हेर्न आफू उत्सुक रहेको बताए । उनले ४० वर्षदेखि फिल्ममा काम गरिरहेको र हरेक दिन फिल्म मेकिङमा सधै रमाएको बताए ।

‘४० वर्षदेखि सिनेमामा काम गरिरहेको छु तर कुनै दिन यस्तो छैन, जहाँ मैले यो काममा इन्जोए नगरेको हुँ,’ झाले भने । उनले आफू नेपालको बोर्डरमा जन्मिएको बताउँदै नेपाल दोस्रो घर जस्तै लाग्ने गरेको बताए ।

‘म बिहारमा जन्मिएको हुँ जहाँ नेपालको बोर्डर पर्थ्यो । हामी त के हाम्रा गाइवस्तु पनि चर्नलाई नेपाल जान्थे,’ निर्देशक झाले भने, ‘नेपालसँगको नाता गहिरो भएपनि काठमाडौं आएको भने पहिलो पटक हो । सिनेमाका कारणले आउन पाउँदा दोब्बर खुशी लागेको छ ।’

५ दिनसम्म चल्ने फेस्टिभलमा राष्ट्रिय सभागृह, पर्यटन बोर्ड र सर्वनाममा फिल्म देखाइनेछ । अक्ष्यक्ष केपी पाठकका अनुसार फेस्टिभलमा सहभागिता जनाउनका लागि ४० देशका फिल्मकर्मी नेपाल आइपुगेका छन् ।

‘हामीले फिल्मसँगै छलफलका लागि पनि अन्तर्राष्ट्रिय व्यक्तित्व बोलाएका छौं । यो ५ दिनमा सिनेमाको भविष्यसँगै डिजिटल प्लेटफर्ममा नेपालको प्रवेशका सम्भावित बाटाका बारेमा पनि छलफल हुनेछ,’ पाठकले भने, ‘वैकल्पिक बजारको आवश्यकता रहेको नेपाल जस्तो देशका लागि यो छलफल उपयोगी हुन्छ भन्ने विश्वास छ ।’

यस्तै फिल्मकर्मी नीर शाहले संसारभरका फिल्मलाई सिनेमाबाटै खतरा रहेको बताएका थिए । ‘सिनेमाका नाममा बनेका सिनेमा नलाग्ने फिल्मबाट नै वास्तविक सिनेमालाई खतरा छ,’ उनले भने, ‘त्यस्ता नन एक्सप्रेसिभ सिनेमालाई एक्लै लडेर जित्न सकिन्न । सामूहिक रुपमा लड्नु पर्छ र महोत्सव यसरी लड्ने प्लेटफर्म हुन सक्छ ।’

उद्घाटन सत्रपछि चिनियाँ फिल्म ‘द कम्पोजर’ देखाइएको थियो । महोत्सवको दोस्रो दिन डिजिटल फिल्म सम्बन्धी वर्कसपसँगै विभिन्न फिल्म प्रदर्शन गरिने निफले जनाएको छ ।

तस्वीरहरू: आर्यन बिमली

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ९ : ०२ बजे

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन