बिहेपछि पलले गरे आँचललाई अनफलो ! | Khabarhub Khabarhub

बिहेपछि पलले गरे आँचललाई अनफलो !


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लामो समयसम्म फिल्म जगतमा पल शाह र आँचल शर्मा प्रेममा रहेको चर्चा चलिरह्यो । यो जोडीलाई दर्शकले रुचाए । म्युजिक भिडियोमा हिट भए पनि पल र आँचलले एकसाथ अभिनय गरेका फिल्मले भने खासै व्यापार गर्न सकेनन् ।

यी दुईको भेट ‘नाइँ नभन्नू ल ४’ को अडिसनका क्रममा भएको थियो ।

फिल्म वृत्तमा चर्चा चलिरह्यो, पल र आँचल प्रेममा छन् । फ्यानलाई पनि यही लागेको थियो । तर, यी दुईले आफ्नो प्रेमको हल्लाबारे कहिल्यै स्वीकार गरेनन् ।

सामाजिक सञ्जालमा इन्स्टाग्राममा पलले आँचल फलो गरेका थिए । आँचलको इङ्गेजमेन्टको समयसम्म पनि यी दुईले एकले अर्कालाई फलो गरेका थिए । रमाइलो कुरा त पलले जम्मा १० जनालाई फलो गरेका थिए । तीमध्ये एक थिइन् आँचल शर्मा ।

हिजो फागुन २९ गते आँचल शर्माले पेशाले डाक्टर रहेका उदिप श्रेष्ठसँग बिहे गरे । धुमधामका साथ आँचल र उदिपको बिहे भयो ।

यता इन्स्टाग्राममा भने पलले आँचललाई अनफलो गरेका छन् । पललाई इन्स्टामा १ लाख ५० हजारले पछ्याएका छन् ।

पलले मात्र आँचललाई अनफलो गरेका होइनन् । आँचलले पनि पललाई अनफलो गरेकी छिन् । जबकि, आँचलले पललाई फिल्म क्षेत्रको सबैभन्दा राम्रो साथी भएको भन्दै तारिफ गर्दै आएकी थिइन् ।

पछिल्लो समय आँचल शर्मा र पल शाहले पनि एकसाथ काम पनि गरेका छैनन् । किन एकले अर्कालाई अनफलो गर्न बाध्य भए, त्यो त समयसँगै खुल्दै जाला ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  २ : १० बजे

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल