फिल्म हलमा नजान सरकारको आह्वान « Khabarhub

फिल्म हलमा नजान सरकारको आह्वान


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारी फैलन नदिन सरकारले सिनेमा हलमा फिल्म हेर्न नजान आह्वान गरेको छ ।

उपप्रधान एवं रक्षा मन्त्रीको अध्यक्षतामा बसेको उच्च स्तरीय समितिको बैठकले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि धेरै भीडभाड हुने क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।

कोरोना भाइरसको संक्रमण हुनसक्ने जोखिमयुक्त स्थानमा सिनेमा हल लगायत धेरै मानिसको उपस्थिति रहने स्थान पर्छन्  । सिनेमा हलमा धेरै दर्शक एकसाथ उपस्थित हुने कारणले गर्दा कोरोना भाइरसको संक्रमणको जोखिम धेरै हुन जान्छ ।

यता सिनेमा हलहरुले भने उचित सावधानी अपनाइएको दाबी गर्दै आएका छन् । अहिले पनि केही सिनेमाहरु नेपालमा चलिरहेका छन् ।

यद्यपि आजदेखि रिलिज हुने भनिएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ कोरोनाकै कारण रिलिज हुन सकेन ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ७ : ०१ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र