१२ दिनपछि प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज « Khabarhub

१२ दिनपछि प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । १२ दिनको अस्पताल बसाइपछि प्रधानमन्त्री शुक्रवार साँझ बालुवाटार प्रस्थान गरेका हुन् ।

साढे ६ बजे प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएका हुन् । हात हल्लाएर अभिवादन गर्दै ओली गाडी चढेका थिए ।

दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली फागुन १९ गते साँझ अस्पताल भर्ना भएका थिए ।

२१ गते प्रधानमन्त्रीको मिर्गौलाको प्रत्यारोपण गरिएको थियो । ओलीलाई भाञ्जी समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन् । उनी भने बुधवार डिस्चार्ज भइसकेकी छिन् ।

प्रत्यारोपित मिर्गौलाले राम्रोसँग काम गरेको र प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएपछि आए आज(शुक्रवार) प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

मिर्गौला प्रत्यारोपणका लागि विदेशी अस्पताल लगिने चर्चाका बीच प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण डा. प्रेम ज्ञवालीको नेतृत्वमा त्रिवि शिक्षण अस्पतालमा गरिएको थियो ।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा १६ जना चिकित्सक सहभागी थिए ।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण शल्यचिकित्सा टोलीमा ६, मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा ६, एनेस्थेसिया तथा क्रिटिकल केयर टोलीमा ४ गरी १६ जना चिकित्सक सहभागी भएका थिए ।

सामान्य अवस्थामा फर्कन ६ महिनादेखि १ वर्ष

स्वास्थ्यमा उल्लेख्य सुधार आएपनि सामान्य अवस्थामा फर्कन प्रधानमन्त्री ओलीलाई ६ महिनादेखि १ वर्षसम्म लाग्ने चिकित्सकले बताएका छन् ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई सामान्य मानिसजस्तै हिँडडुल गर्न अझै ६ महिना लाग्ने उनीहरुको भनाइ छ ।

प्रधानमन्त्रीकी निजी चिकित्सक समेत रहेकी डा दिव्या सिंहका अनुसार पूर्ण रुपमा संक्रमण मुक्त हुन तथा सामान्य मानिसजस्तै हिँडडुल गर्न प्रधानमन्त्रीलाई ६ महिना लाग्न सक्छ ।

‘औषधिको डोजहरु बढी भएका कारण अहिले उहाँलाई संक्रमणको डर रहन सक्छ । उहाँले पहिला पनि मिर्गौलाको प्रत्यारोपण गरेको र उहाँको परिवारलाई पनि यससम्बन्धी ज्ञान भएको हुनाले त्यति संकट नआउला । तैपनि अहिले पूरै पब्लिकमा गएर, भिडभाडमा जान हामीले सल्लाह दिँदैनौं,’ मंगलबार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन त्रिवि शिक्षण अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा डा सिंहले भनेकी थिइन् ‘उहाँले आफ्ना दैनिक कार्यहरु आफ्नो अफिसबाट, सचिवालयबाट गर्न सक्नुहुन्छ । खास गरेर रुघाखोकी लागेका र अरु संक्रमण भएका मानिसबाट जोगिनुपर्ने हुन्छ । एकदमै सक्रिय भएर सामान्य मानिसले जस्तै काम गर्न उहाँलाई अझै वर्षदिन, ६ महिना लाग्न सक्छ ।’

प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज गरेपछि बालुवाटारमा आइसोलेसनमा राखिने छ । त्यसका लागि बालुवाटारमा व्यवस्था मिलाइ सकिएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ६ : २९ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को