प्रधानमन्त्री डिस्चार्ज हुने भएपछि मन्त्रीहरु र मुख्यमन्त्री अस्पतालमा | Khabarhub Khabarhub

प्रधानमन्त्री डिस्चार्ज हुने भएपछि मन्त्रीहरु र मुख्यमन्त्री अस्पतालमा


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज हुनेभएसँगै अस्पतालमा शुभेच्छुक र शुभचिन्तकको भीड लागेको छ ।

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि अस्पतालको बसाई सकेर निवास फर्कने तयारीमा रहेका ओलीलाई भेट्न मन्त्रीहरु, नेकपाका नेताहरु, परिवारजन नेकपाका नेता कार्यकर्ताहरु त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल, नेकपाका महासचिव विष्णु पौडेल लगायतका नेता अस्पताल पुगेका हुन् ।

प्रधानमन्त्रीलाई डिस्चार्ज गरिने भएसँगै अस्पतालमा सुरक्षाकर्मीको समेत बाक्लो उपस्थिती रहेको छ ।

दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली फागुन १९ गते साँझ अस्पताल भर्ना भएका थिए ।

२१ गते प्रधानमन्त्रीको मिर्गौलाको प्रत्यारोपण गरिएको थियो । ओलीलाई भाञ्जी समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन् । उनी भने बुधवार डिस्चार्ज भइसकेकी छिन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ६ : २५ बजे

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा