अमेरिकामा कोरोनाभाइरसले एकै दिन १५ सय बढीको मृत्यु « Khabarhub

अमेरिकामा कोरोनाभाइरसले एकै दिन १५ सय बढीको मृत्यु


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा सोमबार विहान समाचार तयार पार्दासम्म १ हजार ५ सय बढीले जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २२ हजार १ सया नाघेको छ ।

अमेरिकामा एकैदिन २७ हजार ३ सय बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ लाख ६० हजार २ सय बढी पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३२ हजार २३७ जना उपचारपछि निको भएका छन् । ११ हजार ७६६ जनाको अवस्था गम्भीर रहेको छ । ५ लाख ५ हजार ९०८ जना उपचाररत छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख १४ हजार १७१ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १८ लाख ५१ हजार ४८७ रहेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ५ : ५७ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने