कोरोना भाइरसको संक्रमणबाट जोगाउन एप्पलले उत्पादन गर्यो मास्क « Khabarhub

कोरोना भाइरसको संक्रमणबाट जोगाउन एप्पलले उत्पादन गर्यो मास्क


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईफोन उत्पादक कम्पनी एप्पलले कोरोना भाइरसको संक्रमणबाट जोगाउन मास्क उत्पादन गरेको छ ।

मास्क उत्पादन गरेलगत्तै आइफोनले त्यसको प्रयोग गर्ने तरीकाबारेको सर्पोट गाइडलाइन र फिटिङ भिडियो पनि सार्वजनिक गरेको छ ।

एप्पलले कोरोना भाइरसको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई सामान्य प्लास्टिकमा प्रोटेक्सन लेयर थप गरेर फेस मास्क बनाएको छ ।

एप्पलका सीईओ टिम कूकले ट्वीटरमार्फत एउटा भिडियो पोस्ट गर्दै स्वास्थ्यकर्मीका लागि कम्पनीले नयाँ फेस सिल्ड तयार गरेको र त्यसलाई वितरण गर्न थालिसकेको उल्लेख गरेका छन् ।

एप्पलले उक्त फेस सिल्डलाई सयौं बक्समा विभिन्न ठाउँका लागि सिपिङ गरेको छ । तर यसलाई उपयोग गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने हुँदा त्यसका लागि गाइडलाइन पनि कम्पनीले आफ्नो एप्पल सर्पोट पेजमा सार्वजनिक गरेको छ ।

कम्पनीले केही फेस सिल्ड यसअघि नै क्यालिफोर्नियास्थित सान्टा क्लारामा पठाइसकेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ६ : ०७ बजे

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा