नेपालमै पहिलोपटक २५ सय मिटरको उचाइमा फेला पर्‍यो पाटेबाघ « Khabarhub

नेपालमै पहिलोपटक २५ सय मिटरको उचाइमा फेला पर्‍यो पाटेबाघ


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा- नेपालमा पहिलोपटक २५ सय मिटरको उचाइमा पाटेबाघ फेला परेको छ ।

उक्त बाघको तस्वीर क्यामेरामा कैद भएको डिभिजन वन कार्यालय डडेल्धुराका वन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

‘डडेल्धुरा जिल्लाको महाभारत वनक्षेत्रमा २५०० मिटरको उचाइमा पाटेबाघको तस्वीर कैद भएको छ’, उनले भने ,’ सम्भवत नेपालको वन क्षेत्रको इतिहासमा यो उचाइमा पाटेबाघ पाइएको पहिलो घटना हो । ‘

२५ सय मिटरको उचाइमा पाटेवाघ फेला पर्नाले वाताबरण, वन्यजन्तु प्रेमीलाई खुसि तुल्याएको उनलेब बताए ।

यतिधेरै उचाइमा पाटेबाग फेला परेसँग पाटेबाघको क्षेत्रमा अध्ययन गर्ने नया ढोका खुलेको छ । उक्त बाघ त्यहाको रैथाने हो वा अन्यत्रबाट आहाराको खोजीमा यहाँ आइपुगेको हो त्यसको बिस्तृत अध्ययन हुन् बाकि रहेको उनले बताए । प्राप्त भएका सम्पूर्ण तथ्यांकको विश्लेषण पश्चात अन्य कुराहरु थाहा उनले बताए ।

तराइ भू परिधि कार्यक्रम, विश्ववन्य जन्तु कोष नेपालको आर्थिक एवं प्राबिधिक सहयोग र डिभिजन बन कार्यालय डडेल्धुराको संयुक्त आयोजनामा गत मार्च ६ देखि अप्रिल ६ सम्म महाभारत वनक्षेत्रको वन्यजन्तुको अध्ययन गर्ने र मुलत त्यहाँ पाटेबाघको उपस्थितिलाई यकिन गर्ने अभिप्रयाले ३२ जोडी क्यामेरा राखिएको थियो ।

उक्त ३२ जोडी मध्ये १ स्थानमा उक्त पाटेबाघको तस्वीर रेकर्ड भएको उनले बताए । क्यामेरामा पाटेबाघको अतिरिक्त रेड फक्स, चितुवा, घोरल, लार्ज इन्डिएन् सिभेट, लिओपार्ड क्याट, दुम्सी, मृगका प्रजातिहरू, चराहरु लगाएत सयौ महत्वपूर्ण वन्यजन्तुको तस्वीर कैद भएका छन् । जसले डडेल्धुरा जिल्लाको महाभारत क्षेत्रमा पाइने वन्यजन्तुको प्रचुरता र सघनतालाई पुष्टि गरेको उनले बताए ।

 

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  १ : ०० बजे

ओली–लेखक पक्राउ : पूर्णबहादुर खड्काले निकाले छुट्टै विज्ञप्ती

काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अहिले थप सतहमा

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

इलाम – हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला

आज पनि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं – आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको

गौरीबहादुर कार्की निवासमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिनका

युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीमा आक्रमण भएको छैन : युक्रेन

किएभ – शनिबार तेहरानले अमेरिकी सेनालाई सहयोग गर्न प्रयोग गरिएको