नेपालमा भेटिए कोरोना भाइरसको १३ औं संक्रमित « Khabarhub

नेपालमा भेटिए कोरोना भाइरसको १३ औं संक्रमित


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कैलालीको लम्कीमा एक ६५ वर्षीया महिलामा कोरोना संक्रमण देखिएपछि नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । सेती प्रादेशिक अस्पताल धनगढीका अनुसार कैलालीको लम्की चुहा नगरपालिका घर भएकी महिलामा कोरोना संक्रमण देखिएको हो ।

लम्कीचुहा नगरपालिका कार्यालय स्रोतका अनुसार उनी चैतको दोस्रो साता मात्रै पर्साको वीरगन्जबाट परिवारका सदस्यसहित लम्कीस्थित आफ्नो घर फर्किएकी थिइन् । नगरपालिकाले उनलाई १४ दिन क्वारेन्टाइनमा पनि राखेको थियो ।

क्वारेन्टाइनमा रहेका बीरामीको थ्रोट स्वाब गरी परीक्षण गर्ने क्रममा ती महिलामा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएसँगै उनलाई पनि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्याएर आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।

सेती प्रादेशिक अस्पतालमा यसअघि नै ४ जना कोरोना संक्रमित छन् । ६५ वर्षीया महिलासँगै सेती प्रादेशिक अस्पतालमा भर्ना भएका कोरोना स‌ंक्रमितको संख्या ५ पुगेको छ भने अर्का एक जनालाई पनि कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा भर्ना गरिएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमण देखिएका व्यक्तिको संख्या १३ पुगेको छ ।  अन्य संक्रमितहरुमध्ये २ जनाको काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा, २ जनाको संक्रमित बाग्लुङस्थित धौलागिरी अस्पताल र ३ जना संक्रमितको पर्साको वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ४ : ११ बजे

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन