क्वारेन्टाइनबाट घर फर्केकी थिइन् कैलालीकी कोरोना संक्रमित महिला | Khabarhub Khabarhub

क्वारेन्टाइनबाट घर फर्केकी थिइन् कैलालीकी कोरोना संक्रमित महिला


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलालीको लम्कीचुहा नगरपालिका वानं १ की ६५ वर्षीयमा एक महिलामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ ।

र्‍यापिड टेष्टमा नेगेटिभ देखिए पनि प्रयोगशाला परीक्षणमा उनीमा कोरोना संक्रमण भएको सोमबार स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।

थ्रोट स्वाव जाँच गर्दा यि महिलामा कोरोनाको संक्रमण देखिएको श्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका हुन् ।

सुदूरपश्चिममा संक्रमित पाँचै जनाकाे सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । सेती प्रादेशिक अस्पतालका प्रवक्ता तथा आकस्किम कक्ष विभाग प्रमुख चिकित्सक जगदिश जोशीले सवैको अवस्था समान्य रहेको जानकारी दिए ।

आज कोरोनाको संक्रमण पुष्टि भएकी उनी वीरगन्जबाट कैलाली आएकी महिला हुन् । वीरगन्ज बसपार्कमा चिया पसल सञ्चालन गर्दै आएकी उनी लकडाउनका कारण गत चैत १८ गते गृहजिल्ला  कैलाली पुगेकी हुन् । उनी वीरगञ्जबाट फर्किएपछि लम्की बहुमुखी क्याम्पसमा क्वारेन्टाइनमा वसेकी थिइन्।

र्‍यापिड टेष्टमा  कोरोनाको रिपोर्ट नेगेटिभ देखिएपछि उनी सहित क्वारेन्टीनमा वसेका ५२ जनालाई चैत २९ गते घर पठाइएको थियो।

५२ जना मध्ये १७ जना संक्रमण देखिएको महिलाकै परिवारका सदस्य र आफन्त थिए । ती सवै वीरगन्जमा उनी सँगै आएका हुन।

उनको थ्रोट स्वावको जाँच गर्दा पोजेटिभ देखिएको हो। यि महिलामा पोजेटिभ देखिएपछि १७ जनालाई नै पुन क्वारेन्टाईनमा राखिएको छ।

यस अघि दुवैबाट फर्केका धनगढी उपमहानगरपालिका वाडा नं ५ का ३४ वर्षीय युवक, ३४ वर्षीया  उनकै भाउजु, कैलाली लम्की चुहा नगरपालिका वानं ९ का २१ वर्षीय युवक र कंचनपुर बेदकोट नगरपालिका वा नं १० का ४१  वर्षीय  पुरुषलाई संक्रमण देखिएको छ ।

 

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ८ : ५७ बजे

चैते धान समर्थन मूल्यमा नबिकेपछि किसान निराश

भद्रपुर– सरकारले चालु वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य

चीनको अन्तरिक्ष अनुसन्धानमा ‘तियानवेन–२’ को ऐतिहासिक यात्रा सुरु

बेइजिङ- चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनका अनुसार, ‘तियानवेन–२’ नामक यान शुक्रबार

‘कल्ली’को प्रदर्शन मिति हेरफेर, सौगात हुन् शीर्ष नायक ?

काठमाडौं – मल्टिस्टार फिल्म ‘कल्ली’को प्रदर्शन मिति हेरफेर गरिएको छ

गण्डकी आयल निगम प्रमुखसहित ५ जनाविरुद्ध मुद्दा

पोखरा– नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, पोखरा अन्तर्गत गगनगौडास्थित डिपोमा

संसद्‍मा विपक्षी दलको अवरोध कायमै, सोमबार दिउँसो बस्ने गरि स्थगित

काठमाडौं- प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा पनि नेकपा माओवादी केन्द्रसहितका विपक्षी