नारायणी अस्पतालबाट भागे दुई जना कोरोना संक्रमित | Khabarhub Khabarhub

नारायणी अस्पतालबाट भागे दुई जना कोरोना संक्रमित


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नारायणी अस्पतालमा उपचाररत दुई जना भागेका छन् । कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा भर्ना भएका दुई जना भागेपछि प्रहरीले खोजी तीव्र पारेको छ ।

अस्पतालमा रहेको शौचालयको भेन्टिलेसन् फोडेर उनीहरु भागेको प्रहरीले जनाएको छ । उनीहरु मंगलबार अस्पतालमा भर्ना भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी विरेन्द्र बहादुर शाहीका अनुसार अस्पतालबाट भागेका दुवै संक्रमितको खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।

डिएसपी शाहीले भने, ‘अस्पतालले केही समय अघि दुईजना संक्रमित अस्पतालबाटै भागेको खबर गरेपछि हामीले प्रहरी परिचालन गरेर  व्यापक रुपमा खोजी जारी राखेका छौं ।’

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १ : २१ बजे

दुई दिन स्थगित भएको कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार बस्दै

काठमाडौं – दुई दिन स्थगित भएको नेपाली कांग्रेसको केन्द्रीय समिति

बागलुङमा ५३२ जनामा डेङ्गी संक्रमण

बागलुङ– बागलुङमा पछिल्लो समय तीव्र गतिमा डेङ्गी सङ्क्रमण बढ्दै गएको

आधिकारिकताबिनाका सामान खरिद नगर्न प्रहरीको आग्रह

वीरगञ्ज– पर्सामा विभिन्न व्यापारिक प्रतिष्ठानको बिलबिजक नक्कली बनाएर कारोबार गर्ने

प्रहरी कार्यालय तोडफोडमा संलग्न १२ जना पक्राउ

झापा – जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न प्रहरी कार्यालयको भवन

जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा चन्द्रपाल नियुक्त

काठमाडौं – जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका