राष्ट्रियताको सवालमा सबै नेपाली एक छौं- देउवा « Khabarhub

राष्ट्रियताको सवालमा सबै नेपाली एक छौं- देउवा


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर दउवाले राष्ट्रियहीतको सबालमा सबै नेपाली फेरि पनि एक भएको बताएका छन् ।

नेपालको संविधान संसोधन विधेयकको दफावार छलफलका क्रममा कांग्रेस सभापति समेत रहेका नेताच देउवाले गुमेको भूमि फिर्ता ल्याउन सरकारलाई सबै नेपाली नागरिकले साथ दिएको बताए ।

देउवाले नेपाली कांग्रेस केन्द्रीय समिति र संसदीय दलले समेत संविधानमा नक्सा संशोधनका लागि पूर्ण रुपमा सहयोग गर्ने निर्णय गरेको भन्दै सबै पार्टीको समर्थन देखिएको र यसले राष्ट्रिय एकता, सार्वभौंमिकता र राष्ट्रिय अखण्डतामा सबै नेपाली एक छौं भन्ने स्पस्ट भएको बताए ।

उनले भने,‘ह्रामो पार्टीले केन्द्रीय समितिले पनि संशोधन प्रस्तावमा सपोर्ट गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकले सम्पूर्ण सदस्यहरुले कुनैपनि किसिमको नेपालको आफ्नो भूमिकाका सम्बन्धमा सम्पूर्ण रुपमा सपोर्ट गरेको छ । र आजै भोट गर्नुभन्दा अगाडि संसदीय दलको मिटिङमा पनि हामीले समर्थन गर्ने निर्णय गरेका छौं । त्यसकारण यो संशोधन प्रस्तावलाई हाम्रो केन्द्रीय समितिले पूर्णरुपमा समर्थन गरेको छ भने संसदीय दलले पनि पूर्णरुपमा समर्थन गरेको छ ।’

‘सबै पार्टीहरुको यसमा समर्थन देखियो । यो हाम्रो नेपालीहरुको राष्ट्रिय एकता नेपालको हितमा देखिएको छ । अत्यन्तै महत्वपूर्ण कुरा छ । नेपालीहरु जुनसुकै ठाउँमा किन नहुन राष्ट्रिय हितका लागि राष्ट्रको सार्वभौंमताका लागि राट्रको अखण्डताका लागि सबै एक छौं भन्ने कुरा स्पस्ट भएको छ । त्यसैले म सबैदलका साथिहरुलाई धन्यवाद दिन चाहन्छु,’ देउवाले भने ।

नक्सा पारित गर्न एक भएजस्तै भूमि फिर्ता ल्याउन पनि सम्पूर्ण नेपालीहरु एक हुने नेता देउवाले बताए । उनले कुटनीतिक प्रयासबाट भूमि फिर्ता ल्याउन कांग्रेसले विपक्षी दलको हैसियतामा सहयोग गर्ने समेत बताए ।

उनले भने,‘म धेरै कुरा नभनिकन यो सम्पूर्ण नेपालीहरु एक भएको र अत्यन्तै महत्वको कुरा हो । यसमा हामी सम्पूर्ण नेपालीहरुको सहयोग छ । भोलिको दिनमा पनि कुटनीतिक प्रयासबाट फिर्ता ल्याउने कुरामा हाम्रो पार्टीले विपक्षीको भूमिकाका साथै विपक्षी दलको हैसियतले हाम्रो तर्फबट सपोर्ट हुने जानकारी गराउन चाहन्छु ।’

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ३ : १७ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा