राष्ट्रियताको सवालमा सबै नेपाली एक छौं- देउवा « Khabarhub

राष्ट्रियताको सवालमा सबै नेपाली एक छौं- देउवा


३१ जेष्ठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर दउवाले राष्ट्रियहीतको सबालमा सबै नेपाली फेरि पनि एक भएको बताएका छन् ।

नेपालको संविधान संसोधन विधेयकको दफावार छलफलका क्रममा कांग्रेस सभापति समेत रहेका नेताच देउवाले गुमेको भूमि फिर्ता ल्याउन सरकारलाई सबै नेपाली नागरिकले साथ दिएको बताए ।

देउवाले नेपाली कांग्रेस केन्द्रीय समिति र संसदीय दलले समेत संविधानमा नक्सा संशोधनका लागि पूर्ण रुपमा सहयोग गर्ने निर्णय गरेको भन्दै सबै पार्टीको समर्थन देखिएको र यसले राष्ट्रिय एकता, सार्वभौंमिकता र राष्ट्रिय अखण्डतामा सबै नेपाली एक छौं भन्ने स्पस्ट भएको बताए ।

उनले भने,‘ह्रामो पार्टीले केन्द्रीय समितिले पनि संशोधन प्रस्तावमा सपोर्ट गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकले सम्पूर्ण सदस्यहरुले कुनैपनि किसिमको नेपालको आफ्नो भूमिकाका सम्बन्धमा सम्पूर्ण रुपमा सपोर्ट गरेको छ । र आजै भोट गर्नुभन्दा अगाडि संसदीय दलको मिटिङमा पनि हामीले समर्थन गर्ने निर्णय गरेका छौं । त्यसकारण यो संशोधन प्रस्तावलाई हाम्रो केन्द्रीय समितिले पूर्णरुपमा समर्थन गरेको छ भने संसदीय दलले पनि पूर्णरुपमा समर्थन गरेको छ ।’

‘सबै पार्टीहरुको यसमा समर्थन देखियो । यो हाम्रो नेपालीहरुको राष्ट्रिय एकता नेपालको हितमा देखिएको छ । अत्यन्तै महत्वपूर्ण कुरा छ । नेपालीहरु जुनसुकै ठाउँमा किन नहुन राष्ट्रिय हितका लागि राष्ट्रको सार्वभौंमताका लागि राट्रको अखण्डताका लागि सबै एक छौं भन्ने कुरा स्पस्ट भएको छ । त्यसैले म सबैदलका साथिहरुलाई धन्यवाद दिन चाहन्छु,’ देउवाले भने ।

नक्सा पारित गर्न एक भएजस्तै भूमि फिर्ता ल्याउन पनि सम्पूर्ण नेपालीहरु एक हुने नेता देउवाले बताए । उनले कुटनीतिक प्रयासबाट भूमि फिर्ता ल्याउन कांग्रेसले विपक्षी दलको हैसियतामा सहयोग गर्ने समेत बताए ।

उनले भने,‘म धेरै कुरा नभनिकन यो सम्पूर्ण नेपालीहरु एक भएको र अत्यन्तै महत्वको कुरा हो । यसमा हामी सम्पूर्ण नेपालीहरुको सहयोग छ । भोलिको दिनमा पनि कुटनीतिक प्रयासबाट फिर्ता ल्याउने कुरामा हाम्रो पार्टीले विपक्षीको भूमिकाका साथै विपक्षी दलको हैसियतले हाम्रो तर्फबट सपोर्ट हुने जानकारी गराउन चाहन्छु ।’

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ३ : १७ बजे

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास