हामीले एउटा 'कोर्स' पूरा गर्‍यौं, अब भारतसँग वार्ता हुन्छ : प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

हामीले एउटा ‘कोर्स’ पूरा गर्‍यौं, अब भारतसँग वार्ता हुन्छ : प्रधानमन्त्री ओली


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्सा संसदबाट पारित भएसँगै अब चाँडै भारतसँग वार्ता हुने बताएका छन् ।

उनले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेपछि निशान छापमा यो नक्सालाई समावेशका लागि संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित  भएसँगै एउटा ‘कोर्स’ पूरा गरेको बताएका छन् ।

संघीय संसदको प्रतिनिधिसभा बैठकबाट संविधान संशोधन विकेयक पास भएपछि बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले भारतसँग वार्ता अगाडि बढाइने बताएका हुन् ।

“नयाँ नक्सा संसदबाट पारित भएसँगै हामीले एउटा कोर्स पूरा गरेका छौं, अब भारतसँग वार्ता हुन्छ”, प्रधानमन्त्री ओलीले भने, “केही साथीहरु अनुपस्थित हुनु बेग्लै कुरा हो, विपक्षमा कोही छैनन् ।”

सिंगो देश एकजुट भएको बताउँदै उनले संविधान संशोधनमा अभूतपूर्व एकता देखिनु नेपाल र नेपालीका लागि खुसीको कुरो भएको बताएका छन् ।

प्रतिनिधिसभामा आज भएको मतदानमा संविधान संशोधन विधेयकको पक्षमा २ सय ५८ सांसदले मतदान गरेका थिए । विपक्षमा कुनै पनि सांसदले मतदान गरेनन् भने मतदान गर्दिनँ भन्नेमा पनि कुनै मत परेको थिएन ।

संसदमा उपस्थित सबै जनाले मतदान गरेसँगै विधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएको सभामुख अग्नि सापकोटाले घोषणा गरेका थिए ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ७ : ५७ बजे

घरघरमा धारा, खानेपानी जोह गर्न कुवातिर

मुग्लिन– चितवनको  इच्छाकामना गाउँपालिका–२ डाडाँगाउँमा प्रत्येक घरको आगमनै धारा छ

नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन ‘साफा’ अवार्डबाट सम्मानित

काठमाडौं– नबिल बैंक लिमिटेडलाई दक्षिण एसियाकै (निजी बैंक तर्फ) उत्कृष्ट

ह्वाइट हाउसमा बाइडनलाई भेटेपछि ट्रम्पले भने- राजनीति कठिन रहेछ

वासिङ्गटन- अमेरिकी राष्ट्रपति जो बाइडनले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बुधबार

नीजि क्षेत्रलाई उपप्रधानमन्त्री सिंहको आग्रह- उत्पादनको क्षेत्रमा जोड दिनू

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकशमान सिंहले उत्पादनको क्षेत्रमा

पाक्ने बेला सुन्तलामा औँसा कीराको प्रकोप, किसान चिन्तित

पर्वत– सुन्तला खेतीको लागि पकेट क्षेत्र मानिएका यहाँको मोदी गाउँपालिका–२