अमिताभ बच्चनको परिवारका ४ जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

अमिताभ बच्चनको परिवारका ४ जनामा कोरोना भाइरसको संक्रमण


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड अभिनेता अमिताभ बच्चनको परिवारमा जया बच्चनबाहेक सबै जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

परिवारका सबै जनाको परीक्षण गरिएकोमा शनिबार अमिताभ र छोरा अभिषेकमा संक्रमण पुष्टि भएकोमा आइतबार बुहारी ऐश्वर्या र नातिनी आराध्यामा पनि संक्रमण पुष्टि भएको हो ।

अमिताभकी श्रीमती जया बच्चनलाई भने संक्रमण देखिएको छैन । बीबीसीका अनुसार कोरोना पोजेटिभ देखिएपछि अमिताभ, अभिषेक, ऐश्वर्या र आराध्यालाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ ।

महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले दिएको जानकारीअनुसार अमिताभको परिवारका चारजनामा कोरोना देखिएको छ । बलिउडका अभिनेता अमिताभ र अभिषेकले आफैंले सामाजिक सञ्जालमा लेखेर आफूहरूमा कोरोना देखिएको जानकारी गराएका थिए ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ६ : ०३ बजे

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी

कांग्रेस विधान मस्यौदा समितिमा थप चार सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना सदस्य र

मनाङ समाज सेवा समितिले बाढीपीडितलाई दियो ३५ लाख

काठमाडौं । मनाङ समाज सेवा समितिले भोटेकोसी बाढीपीडितलाई ३५ लाख

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब संकलन

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा करिब १२ अर्ब रुपैयाँ