अमेरिकाको फ्लोरिडा कोरोनाको नयाँ इपिसेन्टर बन्ने खतरा, एकै दिन १५ हजार २९९ संक्रमित | Khabarhub Khabarhub

अमेरिकाको फ्लोरिडा कोरोनाको नयाँ इपिसेन्टर बन्ने खतरा, एकै दिन १५ हजार २९९ संक्रमित


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  अमेरिकाको फ्लोरिडा राज्य कोरोना भाइरसको नयाँ  इपिसेन्टर बन्ने खतरा बढेको छ ।

फ्लोरिडामा एकैदिनमा अहिलेसम्मकै उच्च १५ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संख्या अमेरिकाभर पछिल्लो २४ घण्टामा बढेको सङ्क्रमितको झण्डै एक चौथाइ हो । ७ प्रतिशत अमेरिकी जनसङ्ख्या रहेको फ्लोरिडामा यसअघि क्यालिफोर्नियामा रहेको दैनिक उच्च वृद्धिको विन्दु तोडेको छ।

फ्लोरिडालाई यदि एउटा देश मान्ने हो भने नयाँ सङ्क्रमितको सङ्ख्याका आधारमा विश्वमै चौथो नम्बरमा पर्ने रोयटर्स समाचार संस्थाको एक विश्लेषणमा उल्लेख छ ।

फ्लोरिडामै पछिल्लो २४ घण्टामा थप ४५ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएको बीबीसीले जनाएको छ ।

महामारी सुरु भएयता अमेरिकामा १ लाख ३७ हजारभन्दा बढी मानिसहरूको कोभिड-१९ ले मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ। पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ५८ हजार २९० जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ६ : ३९ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र