अमेरिकाको फ्लोरिडा कोरोनाको नयाँ इपिसेन्टर बन्ने खतरा, एकै दिन १५ हजार २९९ संक्रमित « Khabarhub

अमेरिकाको फ्लोरिडा कोरोनाको नयाँ इपिसेन्टर बन्ने खतरा, एकै दिन १५ हजार २९९ संक्रमित


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  अमेरिकाको फ्लोरिडा राज्य कोरोना भाइरसको नयाँ  इपिसेन्टर बन्ने खतरा बढेको छ ।

फ्लोरिडामा एकैदिनमा अहिलेसम्मकै उच्च १५ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संख्या अमेरिकाभर पछिल्लो २४ घण्टामा बढेको सङ्क्रमितको झण्डै एक चौथाइ हो । ७ प्रतिशत अमेरिकी जनसङ्ख्या रहेको फ्लोरिडामा यसअघि क्यालिफोर्नियामा रहेको दैनिक उच्च वृद्धिको विन्दु तोडेको छ।

फ्लोरिडालाई यदि एउटा देश मान्ने हो भने नयाँ सङ्क्रमितको सङ्ख्याका आधारमा विश्वमै चौथो नम्बरमा पर्ने रोयटर्स समाचार संस्थाको एक विश्लेषणमा उल्लेख छ ।

फ्लोरिडामै पछिल्लो २४ घण्टामा थप ४५ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएको बीबीसीले जनाएको छ ।

महामारी सुरु भएयता अमेरिकामा १ लाख ३७ हजारभन्दा बढी मानिसहरूको कोभिड-१९ ले मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ। पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ५८ हजार २९० जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ६ : ३९ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,