पहिरोले लमजुङमा २७ घर विस्थापित « Khabarhub

पहिरोले लमजुङमा २७ घर विस्थापित


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – अविरल वर्षाले मध्य नेपाल नगरपालिका–६ का दुई घर पहिराले बगाएको छ ।

पहिराले आज बिहान देवी कुँवर र बमबहादुर कुँवरको घर बगाएको स्थानीयवासी रामचन्द्र पौडेलले बताए ।

त्यस्तै शिरमणि भट्टराई, दीपेश भट्टराई, एकमाया दुरा र हरिमाया परियारको घर पहिराले पुरेको स्थानीयवासी पौडेलको भनाइ छ ।  एक्साभेटरले पहिरो हटाउने कार्य गरिरहेको छ ।

सोही वडाको रानीपानीका १३ घर र लामासोतीका १४ घर गरी २७ घर विस्थापित भएको प्रहरीले जनाएको छ । उनीहरुलाई सोही वडाको इशानेश्वर माध्यमिक विद्यालयमा राखिएको छ ।

सो क्षेत्रका विभिन्न घर तथा बस्ती जोखिममा रहेको र विभिन्न स्थानमा बाढीपहिराले क्षति पुगेको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए । सो क्षेत्रमा प्रहरी र स्थानीयवासी मिलेर स्थानीयवासीलाई सुरक्षित स्थानमा लैजाने कार्य भइरहेको उनको भनाइ छ ।

सो क्षेत्रका गुम्बाखोला, रिस्तीखोला, चर्दीखोला, गलाडीखोलामा आएको बाढीले  विभिन्न स्थानमा क्षति पुगेको स्थानीयवासीको भनाइ छ ।

 

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  १२ : ५८ बजे

शरणार्थी प्रकरण : अभियुक्त पक्षको बहस आजदेखि

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा आजबाट अभियुक्त पक्षको बहस सुरु

किसमिस किन खाने ? यस्ता छन् फाइदाहरू

काठमाडौँ- किसमिसमा आइरन प्रचुर मात्रामा हुन्छ। जसले गर्दा  शरीरमा रगतको

ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल

सय वर्षमा पहिलो पटक बेलायती शाही परिवार अदालतमा

लन्डन – बेलायतको शाही इतिहासको १०० वर्षमा पहिलो पटक राजकुमार

लिन्डाले सम्हालिन ट्विटरको सीईओको जिम्मेवारी

काठमाडौँ – लिन्डा याकारिनोले सामाजिक सञ्जाल कम्पनी ट्विटरको नयाँ सीईओको