कृषि समूहलाई कृषि सामग्री प्रदान « Khabarhub

कृषि समूहलाई कृषि सामग्री प्रदान


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कृषि ज्ञान केन्द्र, ललितपुरले दक्षिणकाली वडा नं.२ स्थित तरकारी ब्लक कृषि समूहलाई ३० लाख अनुदान रकम बराबरको सामाग्री आइतबार हस्तान्तरण गरेको छ। जम्मा एक करोडको कार्यक्रम भएपनि लकडाउनका कारण ६० लाख बराबरको मात्रै काम भएको कृषि ज्ञान केन्द्र, ललितपुरका प्रमुख निर्मल गदालले जानकारी दिए।

सामाग्री हस्तान्तरण कार्यक्रममा दक्षिणकालीका मेयर मोहन बस्नेत, उपमेयर बसन्ती तामाङ डंगोलको समेत उपस्थिती रहेको थियो। यस समूहमा १५ सदस्यहरु रहेका छन्।

उनीहरुले ग्रीन नेट, इन्सेक्ट नेट, बुट, कुटो, कोदालो, चादे, हसिया, भर्मी कम्पोष्ट मल, वाटर पम्प, २० हर्ष पावरको पावर टिलर, मिनिटिलर पाएका थिए। त्यसैगरी ग्सोलिक मिनिटिलर, स्प्रेयर पम्प, तरकारी बीउहरु, बिषादी, मल्टीलेयर, बास, कैची, स्टिकर विषादी, क्रेट, बुट, पाइप तथा ट्याङ्कीहरु समेत हस्तान्तरण गरिएको थियो।

दक्षिणकालीस्थित एक विद्यालयमा ती सामाग्रीहरु ज्ञान केन्द्रका प्रमुख निर्मल गदालले समूहका संयोजक शुशिला मगरलाई हस्तान्तरण गरेका थिए। कार्यक्रममा बोल्दै मेयर बस्नेतले सामाग्री वितरण गरेर मात्रै कृषि ज्ञान केन्द्रको दायित्व पुरा नहुने बताए।

समय समयमा अनुगमनगरी वितरण गरिएका सामाग्रीको सही सदुपयोग गर्नुपर्ने बताउदै उनले भने, ‘यति धेरै सामाग्री पाएपछि किसानहरुले वर्षको ४, ५ करोडको उत्पादन विक्री गर्नुपर्छ।’

त्यस्तै कृषि ज्ञान केन्द्रका प्रमुख गदालले लडडाउनका कारण ड्रप गर्न लागेको कार्यक्रम सफल बनाउन मेयर, उपमेयर तथा वडा अध्यक्ष रामचन्द्र क्षेत्रीका कारण अन्तिम अवस्थामा भएपनि सञ्चालनमा आएको बताए। यो अनुदान कार्यक्रम प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, तरकारी ब्लक कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्रले वितरण गरेको हो।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  १ : ५८ बजे

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

ईभी कारमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान