कोरोना संक्रमितको अवस्थाअनुसार अस्पताललाई अनुदान | Khabarhub Khabarhub

कोरोना संक्रमितको अवस्थाअनुसार अस्पताललाई अनुदान


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोनाका बिरामीको उपचार गर्ने अस्पतालहरुले बिरामीको स्वास्थ्य अवस्थाका आधारमा उपचार बापतको अनुदान रकम पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको कोरोना भाइरस संक्रमणको उपचार बापत अस्पतालाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश, २०७७ लाई संशोधन गर्न बनेको आदेशमा बिरामीको स्वास्थ्य अवस्थाका आधारमा अस्पतालले अनुदान रकम पाउने उल्लेख गरिएको छ ।

उक्त आदेश मन्त्रिपरिषदले गत असार १५ गते स्वीकृत गरेको हो ।

आदेशमा उल्लेख भएअनुसार लक्षण नभएका वा सामान्य लक्षण भएका बिरामी होम आइसोलेसनमा रहेको अवस्थामा स्वास्थ्यकर्मीले क्लिनिकल निगरानी गरेबापत प्रति संक्रमित २०० रुपैयाँ पाउने छन् ।

यस्तै लक्षण नभएका वा समान्य लक्षण भएर आइसोलेसन केन्द्रमा रहेका संक्रमित हेरेबापत २ हजार रुपैयाँ उपलब्ध गराइने छ ।

यस्तै सामान्य लक्षण भएर अस्पतालमा उपचारत कोरोना संक्रमित हेरेबापत प्रति संक्रमित ३ हजार ५ सय उपलब्ध गराइने छ । यस्तै मध्यम जटिल बिरामी अस्पतालमा भएमा ती बिरामीको उपचार गरेबापत ७ हजार उपलब्ध गराइने जनाइएको छ ।

यस्तै जटिल र क्रिटिकल बिरामी अस्पतालमा भर्ना भएर उपचारत भएका १५ हजार उपलब्ध गराइने उक्त आदेशमा उल्लेख छ ।

आदेशमा उल्लेख भएअनुसार कोभिड १९ शंकास्पद तथा संक्रमित व्यक्तिलाई उपचार गरे बापतको रकम अस्पताल, तथा आइसोलेसन सेन्टरलाई उपलब्ध गराइने छ ।

यस्तै होम आइसोलेसनमा बस्ने बिरामीहरुको क्लिनिकल निगरानी गर्दा लाग्ने रकम सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराइने जनाइएको छ ।

यस्तो छ अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ५ : १० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर