आज थपिए १४४ कोरोना संक्रमित (जिल्लागत विवरणसहित) « Khabarhub

आज थपिए १४४ कोरोना संक्रमित (जिल्लागत विवरणसहित)


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा सोमबार थप १४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

२४ घण्टामा ५ हजार ८५६ जनाको पीसीआर परीक्षण भएको छ ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ४ जना, मोरङका एकजना र सुनसरीका एकजना, जगेन्द्रनारायणसिंह अस्पतालमा गरिएको परीक्षणमा सप्तरीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ११ जना र महोत्तरीका ४ जना, नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा धनुषाका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका २ जना र कपिलवस्तुका ८ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एकजना, पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका ५ जना, काभ्रेका एकजना, कैलालीका एकजना, म्याग्दीका एकजना र दोलखाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा मकवानपुरका एकजना रौतहटका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा सिन्धुलीका एकजनामा कोरोना पुष्टि भएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका एकजना र बाग्लुङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रोदेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा म्याग्दीका एकजना, पर्वतका एकजना,स्याङ्जाका एकजना र तनहुँका २ जना संक्रमित भएका छन् । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका एकजना, भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बर्दियाका २ जना र दाङका २ जना, चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा रुकुम पश्चिमका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा बाँकेका एकजना, दैलेखका २ जना, जाजरकोटका एकजना र सुर्खेतका ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका २ जना बैतडीका २ जना, सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा अछामका १ जना र कैलालीका १० जना संक्रमित भएका छन् ।

डा गौतमका अनुसार नेपालमा हालसम्म  १६ हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रिय संक्रमितहरु ६ हजार ६१३ रहेका छन् ।

एकैदिन १ हजार ७०५ डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप १ हजार ७०५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १० हजार २९४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ४ : ४४ बजे

बकर इद मनाइँदै : आज सार्वजनिक बिदा

काठमाडौँ – मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – २०८३ साल १३ गते बिहीबार अधिक जेठ शुक्ल

आज २०८३ साल जेठ १४ गते बिहीबारको राशिफल

काठमाडौं – २०८३ साल १३ गते बिहीबार अधिक जेठ शुक्ल

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा