अमिताभ बच्चनको सम्पर्कमा आएका २६ जना स्टाफमा देखिएन कोरोना « Khabarhub

अमिताभ बच्चनको सम्पर्कमा आएका २६ जना स्टाफमा देखिएन कोरोना


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता अमिताभ बच्चनका २६ जना स्टाफमा कोरोना परीक्षणको नतिजा नेगेटिभ देखिएको छ । अमिताभसहित छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्या बच्चनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

अमिताभलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको छ भने अभिषेक, ऐश्वर्या र आराध्या होम क्वारेन्टिनमा बसिरहेका छन् ।

यद्यपि अमिताभ बच्चनकी पत्नी जया बच्चनमा भने कोरोना संक्रमण देखिएको छैन ।

बच्चन परिवारको सम्पर्कमा ५४ जना व्यक्ति आएका थिए । तीमध्ये २८ जनालाई क्वारेन्टिनमा राखिएको छ । २६ जनामा जोखिम बढी भएको भनिएको थियो । ती २६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बाँकीको नतिजा अझै आएको छैन ।

यद्यपि सम्पर्कमा आएका सबैलाई १४ दिन क्वारेन्टिनमा बस्न भनिएको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ६ : १४ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने