मन्दिर निर्माणमा पाकिस्तानी हस्तक्षेपको विरोधमा दूतावास अगाडि प्रदर्शन « Khabarhub

मन्दिर निर्माणमा पाकिस्तानी हस्तक्षेपको विरोधमा दूतावास अगाडि प्रदर्शन


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- राष्ट्रिय एकता अभियानले पाकिस्तानकाे इस्लामावादमा निर्माणाधीन श्रीकृष्ण भगवानको मन्दिर निर्माणमा राेक लगाइएकोप्रति विरोध जनाउँदै काठमाडौंमा प्रदर्शन गरेको छ ।

मन्दिर निर्माणमा रोक लगाइएको विषयलाई लिएर एकता अभियानले सोमबार काठमाडाैँस्थित पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेकाे हो ।

अभियानले दूतावास अगाडि विराेध र्‍याली पाकिस्तानका प्रधानमन्त्री इमरान खानद्वारा गरिएकाे हस्तक्षेपकाे भत्सर्ना गरेकाे हाे। इस्लामावादमा हिन्दु मन्दिर बनाउन दिनु हुँदैन भनेर दर्ता गरिएको रिट निवेदन पाकिस्तानको अदालतले खारेज गरेपछि अभियानले आपत्ति जनाएको हो ।

अभियानका संयाेजनक विनयकुमारकाे नेतृत्वकाे टोलीद्वारा गरिएको प्रदर्शनमा एक सय बढी युवाहरुको सहभागिता रहेकाे थियाे। र्‍यालीमा सहभागीहरूले हिन्दुमाथिकाे दमन बन्द गर, इस्लामाबादमा मन्दिर र गुम्बा बन्नै पर्छ, इमरान खान हाेस गर जस्ता नारा लगाएका थिए।

संयाेजक कुमारले भने,’ पाकिस्तानमा अल्पसंख्यक हिन्दू समुदायमाथि अहिले पनि त्यहाँकाे सरकारले दमन गरिरहेकाे छ। हिन्दू मन्दिर तथा बाैद्ध गुम्बा बनाउन नदिनु अर्काे ठूलाे अपराध त्यहाँकाे सरकारले गरिरहेकाे छ।’

पाकिस्तान सरकारले यसअघि राजधानी इस्लामावादमा हिन्दू मन्दिर बनाउन १० करोड रकम विनियोजन गरेको थियो ।

तर, पाकिस्तानी मुस्लिम लिग (पीएमएल-क्यू) ले राजधानी इस्लामावादमा हिन्दू मन्दिर बनाउने विषयमा विरोध गर्दै रोक लगाएको थियो ।

इस्लामावादमा हिन्दू मन्दिर बनाउनु इस्लामको आत्मसम्मानमा चोट लाग्‍ने र रियासत-आई-मदिनाको अपमान भएको जनाएको थियो । यस विषयलाई लिएर काउन्सिल अफ इस्लामिक आइडियोलोजीले उच्च अदालतमा मुद्दा दायर गरेको थियो ।

इस्लामावाद उच्च अदालतले मंगलबार उक्त मुद्दा खारेज गरेको हो । इस्लामावादमा ०.२ हेक्टरको जमिनमा हिन्दू मन्दिर बनाउने र दाहसंस्कारका लागि घाट बनाउने योजना बनाइएको थियो।

उच्च अदालतले मुद्दा खारेज गरे पनि सरकारी अधिकारीहरुले भने मन्दिरको निर्माण कार्य अघि बढाउने विषय निश्‍चित भइ नसकेको बताएका छन् । यसका लागि काउन्सिल अफ इस्लामिक आइडिओलोजी, सरकारको प्रतिनिधि र धार्मिक नेतासँग बसेर थप छलफल गरिने जनाइएको छ । सरकारले सबैसँग छलफल गरिसकेपछि निर्णय गर्ने बताइएको छ ।

पीएमएल-क्यूले अल्संख्यकको अधिकारको सम्मान गर्नेसमेत जनाएको छ । इस्लामावादमा करिब तीन हजार हिन्दू समुदाय रहेको छ । उक्त मन्दिर इस्लामावादको हिन्दू पञ्‍चायतले बनाउने र उक्त मन्दिर श्रीकृष्णको हुने जनाइएको थियो ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ६ : १४ बजे

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

ईभी कारमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान