ट्रम्प असक्षम नेता भएको बाइडेन र ह्यारिसको आरोप | Khabarhub Khabarhub

ट्रम्प असक्षम नेता भएको बाइडेन र ह्यारिसको आरोप


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिका डेमोक्र्याटिक उम्मेदवार  जो बाइडेन र कमला ह्यारिसले राष्ट्रपति डोनाल्ड ट्रम्प असक्षम नेता भएको आरोप लगाएका छन् ।

ट्रम्प असक्षम हुँदा अमेरिका ‘धुजाधुजा’ हुँदै गएको उनीहरुले आरोप लगाएका छन् । अमेरिकाको डेलवरस्थित विल्मिङ्गटनमा भएको चुनावीसभामा बोल्दै बाइडेन र ह्यारिसले ट्रम्पको चर्को आलोचना गरेका हुन् ।

बाइडेनले आफ्नो रनिङ्ग मेटका रुपमा ह्यारिसको नाम घोषणा गरेको भोलिपल्ट बुधबार दुईजनासँगै चुनावी अभियानमा सामेल भएका थिए ।

बाइडेनले सम्बोधनको क्रममा क्यालिफोर्नियाकी सिनेटर ह्यारिस अमेरिकाको प्रमुख पार्टीका तर्फबाट राष्ट्रपति चुनावमा रनिङ्ग मेटका रुपमा प्रस्तुत हुने पहिलो अश्वेत महिला रहेको बताए ।

बाइडेनले भने, ‘आउँदो नोभेम्बरमा हामीले गर्ने छनौटले अमेरिकाको भविष्य धेरै लामो समयसम्मका लागि निर्धारण गर्ने छ । डोनाल्ड ट्रम्पले कमला ह्यारिसमाथि आक्रमण गर्न थालिसके । विभिन्न असभ्य नामहरु दिन थालेका छन्।’

बाइडेनले कोरोना भाइरस महामारी नियन्त्रणका लागि ट्रम्पले गरेको कमजोर प्रयासको पनि आलोचना गरे ।

बाइडेनपछि सम्बोधन गरेकी ह्यारिसले आफू काम गर्नका लागि तयार रहेको बताइन् ।

‘बाराक ओबामा र जो बाइडेनले तयार पारेको अर्थतन्त्रको बलियो आधारमा ट्रम्पले शासन सुर गरे,’ उनले भनिन्, ‘तर, राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न योग्न नै नरहेको व्यक्तिलाई निर्वाचित गर्दा अवस्था खस्कियो, जुन परिणामबाटै पुष्टि भएको छ ।’

पूर्वउपराष्ट्रपति रहेका बाइडेनले आउँदो नोभेम्बर ३ मा हुने चुनावमा रिपब्लिकन राष्ट्रपति ट्रम्पको सामना गर्ने छन् भने ह्यारिसले उपराष्ट्रपति पदको उम्मेदवारी दिएकी छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ८ : ३९ बजे

संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल गरिने

काठमाडौं– संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज

यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका र चीनको सहमतिले युरोपको शेयर बजार सकारात्मक 

जुरिच– अमेरिका र चीनबीच ‘ट्यारिफ’ (भन्सार ) शुल्क समायोजन गर्ने  सहमति

हमासले अपहरण गरेका इजरायली–अमेरिकी नागरिक अलेक्जेन्डर १९ महिनापछि रिहा

जेरुसेलम– हमासले अपहरण गरेको १९ महिनापछि इजरायली–अमेरिकी नागरिक एडन अलेक्जेन्डर

पूर्वाधार विकाससहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ ।