पोखरामा ९ महिलासहित १७ जुवाडे पक्राउ « Khabarhub

पोखरामा ९ महिलासहित १७ जुवाडे पक्राउ


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 कास्की- प्रहरीले जुवा खेलिरहेको अवस्थामा ९ महिलासहित १७ जना जुवाडेलाई पक्राउ गरेको छ।

उनीहरुको साथबाट १ लाख रुपैयाँभन्दा बढी पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए।

बुधबार पोखरा महानगरपालिका–१० मिलन टोलमा बस्दै आएकी ज्ञानु हमालको डेरामा अवैध रूपमा जुवा खेल्ने गरेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरूमा ज्ञानु हमाल, भूबहादुर गुरुङ, अस्मिता गुरुङ, डम्बर बहादुर गुरुङ, बल बहादुर गुरुङ, इन्द्रा गुरुङ, राधेश्याम भुजेल, मन बहादुर गुरुङ, हिम कुमारी गुरुङ, इन्द्रा राई, कुमारी गुरुङ, राजलक्ष्मी राई, सुक कुमारी गुरुङ, सीता नेपाली, लीलमान थापा, यमबहादुर गुरुङ र विनोद गुरुङ छन्।

पक्राउ गरिएकालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा) अन्तर्गत जिल्ला प्रशासन कास्कीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। ​

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ७ : ४३ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल